गोकर्णेश्वर ८ भेनस ओरालो सडक खण्डमा गरिएको  ढलान कार्यको अनुगमन

गोकर्णेश्वर  ८ भेनस ओरालो सडक खण्डमा गरिएको  ढलान कार्यको अनुगमन

कपन अनलाइन

काठमाडौं, फाल्गुन ३ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ भेनस ओरालो सडक खण्डमा गरिएको  ढलानकार्यको नगर प्रमुख दिपक कुमार रिसाल वडा अध्यक्ष नन्दलाल श्रेष्ठ , वडा सदस्य सुमन लामा लगायत   प्राबिधिकले अनुगमन गरेका छन ।

करिब  दश लाख २१ हजार ७ सय १५ रुपैयाको लागतमा गरिएको उक्त ढलान  । प्रकृति नगर ओरालो उपभोक्ता समितिले गरेको हो । २०७९ माघ १७ गते सम्झौता भएको उक्त सडक ढलान कार्य २०८० साल बैशाख ३० गते सम्म सम्पन्न गरिसक्नु पर्नेछ ।आ व २०७९/८० को वडा समितिको निर्णय अनुसार भेनस ओरालोको ढलान  कार्य सम्पन्न भएको र   केहि हप्ताको निम्ति बाटो बन्द हुने हुदा बैकल्पिक बाटो प्रयोग गरिदिनुहुन समेत वडा कार्यालयले सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।