गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा बजार अनुगमन
कपन अनलाइन
काठमाडौं फाल्गुन ३ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा बजार अनुगमन गरिएको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, वडा अध्यक्ष नन्द लाल श्रेष्ठ ,लेखा प्रमुख रामजी रायमाझी, सुशासन समिति तथा वडा सदस्य सुमन लामा, वडा सचिव सुदीप हमाल लगायतको टोलीले मंगलबार वडा नं ८ मा संचालित मासु पसल लगायतका अन्य पसलहरुको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा दर्ता तथा नविकरण नभएका पसलहरुलाई दर्ता तथा नविकरणका लागि एक हप्ताको म्याद सहित सुझाव दिईएको थियो । दिईएको समयमा पसल दर्ता, नविकरण तथा नगरपालिकाले दिएको सुझाव अनुसारका काम नगरे कारवाही प्रक्रिया अगाडी बढाउने वडा अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिएका छन ।
अनुगमन गरिएका सबै पसलमा अनिवार्य रुपमा मूल्य सूची सबैले देख्ने गरी राख्न, सर्वसाधारण जनताको स्वास्थ्य र हित कायम गर्ने कुरामा विशेष ध्यान दिइ मासुको बिक्री वितरण गर्न स्थलगत रुपमै निर्देशन दिइएको समेत उनले बताए ।