लर्ड्स लाइट एकेडेमी गोकर्णेश्वर ६ मा खेलकुद सप्ताह शुरु

लर्ड्स लाइट एकेडेमी गोकर्णेश्वर ६ मा खेलकुद सप्ताह शुरु

कपन अनलाइन

काठमाडौं,फाल्गुन १ । गोकर्णेश्वर नगरपालिका वडा नं ६ नयाबस्तीमा रहेको लर्ड्स लाइट एकेडेमीमा खेलकुद सप्ताह आइतबार बाट शुरु भएको छ । बिद्यार्थीको अन्तरनिहित प्रतिभाको बिकासका लागि आयोजित खेल सप्ताहको  उद्घाटनको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष  नवराज लामाले पानसमा दिप प्रज्वलन सहित  बास्केटबल खेली उद्घाटन गरेका थिए।

बिध्यालयका प्रिन्सिपल निराजन आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवी वान्गछु शेर्पा, महिला नेत्री तथा समाजसेवी अमलादेवी श्रेष्ठ, महिला नेत्री तथा समाजसेवी लेखकुमारी पुडासैनी,लर्ड्स लाइट एकेडेमीका एकेडेमिक डायरेक्टर रुद्र कुँवर,प्रथामिक तह इन्चार्ज धनमाया लामा, पुर्व प्राथमिक तह इन्चार्ज शान्ती दुलाल ,नया बस्ति प्रहरी बिट प्रमुख राजकुमार माझि सहित   शिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको  कार्यक्रम संचालन बिध्यालयका शिक्षक शंकर भट्टराईले गरेका थिए ।

लर्ड्स लाइट एकेडेमीका एकेडेमिक डायरेक्टर रुद्र कुँवरले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेको उक्त कार्यक्रममा बिद्यार्थीहरुले मार्च पास  र  नृत्य मार्फत मनोरंजन प्रदान  गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष  नवराज लामाले आयोजकलाइ धन्यवाद दिदै खेलकुदले बिद्यार्थीको पढाईमा पनि सहयोग गर्ने हुदा खेलकुदलाई शैक्षिक  संस्थाहरुले बिशेष महत्वका साथ संचालन गर्ने गरेको बताएका थिए। खेलकुद र पढाईका लागि समय ब्याबस्थापन गर्न सक्ने बिद्यार्थीले नै चौतर्फि बिकास गर्न सक्ने उनको भनाइ रहेको थियो ।

खेलले नै राष्ट्र चिनाउने र बिद्यालय बाट नै खेलाडीहरु निर्माण हुने भएको हुँदा खेलकुद कार्यक्रम समय समयमा गर्नु पर्ने बताएका थिए। साथै उनले बिद्यार्थीहरुलाई कक्षा कोठामा मात्र सिमित हुन नहुने  भन्दै जब बिद्यार्थी शारीरिक रुपमा स्वास्थ्य नभए सम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारणले पनि बिद्यालयले शिक्षा र खेलकुदलाई एक साथ जोड्नु पर्ने बताएका थिए । उनले  स्वास्थ्य नै धन भएको हुँदा वर्षमा  कम्तिमा पनि दुइपटक स्वास्थ्य शिविर बिध्यालयमा राख्नुपर्नेमा जोड दिदै त्यसको लागि वडाले सहजीकरण गर्ने बताए ।

कार्यक्रममा समाजसेवी वान्गछु शेर्पा, महिला नेत्री तथा समाजसेवी अमलादेवी श्रेष्ठ, महिला नेत्री तथा समाजसेवी लेखकुमारी पुडासैनी लगायतले शुभकामना मन्तब्य राख्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए  । बिधालयमा अध्ययनरत छात्र, छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न खेल सप्ताहको आयोजना गरिएको बिध्यालयका प्रिन्सिपल निराजन आचार्यले कपन अनलाइनलाइ जानकारी गराए ।

लर्ड्स लाइट एकेडेमीले बिधार्थीको सैद्धान्तिक सँग सँगै सर्वाङ्गगिण विकासमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराए । खेलले बिद्यार्थीहरुको शिक्षण सिकाईमा समेत प्रत्यक्ष सहयोग गर्ने भएकोले खेल अनिवार्य भएको हुँदा बिध्यालयले नियमित कार्यक्रम अन्तर्गत खेल सप्ताह आयोजना गरिएको जानकारी गराए । फाल्गुन ५ गते सम्म  चल्ने उक्त प्रतियोगितामा कक्षा नर्सरी देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई सहभागि गराइएको  प्रिन्सिपल निराजन आचार्यले जानकारी गराए ।खेलकुद सप्ताहको अवसरमा छात्र छात्रा को दौड ,कबड्डी, रेस १०० मिटर दौड, , क्रिकेट बास्केटबल,म्युजिकल चेयर , फुटबल, म्याराथन, लगायतका बिभिन्न खेलहरु समाबेश गरिएको छ । प्रतियोगितामा बिजयी हुने खेलाडीहरुलाई ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरेको समेत आयोजकले जानकारी गराएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।