“तेश्रो रााष्ट्रपति रनिङ् शिल्ड” मा २३ पदक सहित बुढानिलकण्ठ स्कुलको कब्जामा, को को भए अन्य विजेता ?

“तेश्रो रााष्ट्रपति रनिङ् शिल्ड” मा २३ पदक सहित बुढानिलकण्ठ स्कुलको कब्जामा, को को भए अन्य विजेता ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन १।

बुढानीलकण्ठ नगरपालिका नगर स्तरीय “तेश्रो रााष्ट्रपति रनिङ् शिल्ड” प्रतियोगिताको उपाधी  बुढानिलकण्ठ स्कुलले हात पारेको छ ।

“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” नारा सहित बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा माघ २७ गते देखि माघ २९ गते सम्म सञ्चालन भएको प्रतियोगितामा बूढानीलकण्ठ स्कुलले १४ वटा स्वर्ण पदक, ७ रजत र २ वटा कांस्य पदक हात पारे सँगै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

बुढानिलकण्ठले यस अघिको प्रथम र दोस्रो संस्करणको उपाधि पनि जितेको थियो। लगातार तिन वटा संस्करणको उपाधी हात परे सँगै रनिङ शिल्डमा आफ्नो सकुलको नाम लेख्न बुढानीलकण्ठ नगरपालिकाकै पहिलो विद्यालय हुन सफल भएको छ ।उपाधीसंँगै बिजेता समुहले ७५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको द्वित्तिय ट्रफिको लागि ६ वटा स्वर्ण पदक, ३ वटा रजत पदक र ९ वटा कांस्य पदक जितेर वडा नं १० कपनको रिलायन्स ईन्टरनेसनल स्कुल उपबिजेता बनेको छ । उपाधी सँगै रिलायन्सले नगद रु.५० हजार हात परेको छ ।

यस्तै वडा नं ०३ नारायण्स्थानमा रहेको श्री बुढानीलकण्ठ मा.वि. ले ५ स्वर्ण पदक, २ रजत पदक र ५ वटा कांस्य पदक सहित प्रतियोगिताको तृत्तिय स्थानमा पर्न सफल भएको छ ।

बुढानिलकण्ठ नगरपालिकाका ३६ वटा विद्यालय सहभागी रहेको सो प्रतियोगितामा २५ विद्यालय पदक प्राप्त गर्न सफल भएका थिए।

 

तपाइँको प्रतिक्रिया ।