प्रचण्डको पार्टीमा यौनसम्बन्धको पिरलो

एकातिर भीरबाट लडेर हातखुट्टा भाँचिएकी ७८ वर्षीया आमाको भरे हो कि भोलि को अवस्था, अर्कातिर सारा जीवन समर्पण गरेको पार्टीबाट कारबाहीको निर्णय । एमाओवादी नेता हेमन्तप्रकाश ओली बडो तनावमा छन् । तैपनि, आपूmलाई खेदो खन्नेहरूको पर्दाफास गर्ने र पार्टीभित्रका नवधनाढ्य तथा यौनाशक्तलाई जनतामाझ नंग्याउने अठोट कायमै छ । ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी अम्बिका चन्द गर्भवती भएपछि उनीमाथि पार्टीले कारबाहीको निर्णय ग¥यो । हेमन्तका अनुसार त्यसैबेलादेखि पारिवारिक रूपमा र पार्टी नेतृत्वसमक्ष समेत कुरा गरेका थिए । विषयको बिट मारिएको थियो । तर, जब वैशाख २ गते प्रचण्डको पार्टीलाइनलाई खण्डन गर्दै उनले आफ्नो मत हेडक्वार्टरसमक्ष लिखित रूपमै राखे त्यही दिनदेखि उनी पराइ भए । आफ्नै रेखदेखमा पार्टीभित्र हुर्किएका जनार्दन शर्माले पेरिसडाँडाको गेटमै धावा बोले । त्यसो त उनीविरुद्ध प्रभाकर चुनावदेखि नै थिए । दाङको क्षेत्र नं. ३ मा हेमन्तको सिट पक्का भइसकेको थियो प्रचण्डबाट समेत तर प्रभाकर र पोष्टबहादुरले भाँजो हाले । उनले गत शुक्रबार एक पदाधिकारीलाई टेलिफोन गरेर पहिल्यै टुंगो लागिसकेको आफू र अम्बिकाबीचको सम्बन्धलाई अहिले उचालेकोमा दुःख व्यक्त गर्दै आफूले अरूको समेत यौनसम्बन्धको पोल खोल्ने धम्की दिएको स्रोत बताउँछ ।
लाजिम्पाट स्रोतका अनुसार ओलीले पार्टीलाइनको विषयमा कुरा नमिलेपछि ३ महिनाअघि नै केन्द्रीय समितिबाट राजीनामा दिएका थिए तर त्यो स्वीकृत नगरी कारबाही गरिएको छ । पार्टी अध्यक्ष प्रचण्डले पनि जनार्दनको व्यक्तिवादी अराजकतावाद र अनन्तः, हरिबोल गजुरेलहरूको लिनप्याओवादी प्रवृत्तिलाई बढावा दिइरहेको ओलीको दाबी छ ।
३० जेठको एमाओवादी केन्द्रीय समिति बैठकमा हेमन्तले अम्बिकालाई गर्भवती बनाएको र बच्चा जन्मने क्रममा रहेको विषय उठेपछि निलम्बनको निर्णय भएको हो । आफ्नो राजनीतिक दाउपेच पूरा गर्न यस्ता विषय उछालेर जनार्दन शर्माले जनआस्थामा समाचार दिएको आरोप लगाउँदै हेमन्त भन्छन्, ‘जनार्दनको ज्वाइँ ओम शर्माले भित्तामा पु¥याउँछु भनेर पहिल्यै धम्की दिएका थिए । आखिर मेराविरुद्ध समाचार नै छपाए ।’ आफूलाई पार्टी स्थायी समितिमा पुग्नबाट रोक्न र सभासद् तथा मन्त्री बन्न नदिन योजनाबद्ध रूपमा यी सबै कार्य भएको बताउँदै हेमन्त थप्छन्, ‘चिसापानीमा घर बनाई अर्कै श्रीमती राख्ने शक्ति बस्नेत, भ्रष्टाचार गरेर करोडौँ कुम्ल्याउने प्रभाकर र व्यभिचारी हरिबोल गजुरेलहरूको कुकृत्यको पनि म भण्डाफोर गर्छु ।’ आमालाई लखनउका डाक्टरले समेत बिदा दिइसकेको अवस्थामा आफूप्रति पार्टी नेतृत्वले सहानुभूतिसमेत नदेखाएकोमा चाहिँ उनको निकै चित्त दुखाइ छ ।

जनआस्था साप्ताहिक  बाट

तपाइँको प्रतिक्रिया ।