को बाँच्छन् ? : त्रिलोचन आचार्य
कपन अनलाइन
काठमाण्डौ ,माघ २८ ।
३१३
सेवा नित्य दिने स्वयं खटि खटी बाटो सधैँ बाँच्दछन्
चोखा अन्न फलाउने जमिन वा माटो सधैँ बाँच्दछन्
हावा सर्र सरर्र हम्किरहने खोलाहरू बाँच्दछन्
सेवामा अति तृप्ति पाइरहने झोलाहरू बाँच्दछन् ।
३२३
बाँच्छन् किन्तु लडेर देश हितमा उन्मुक्ति बाँड्ने सधैँ
बाँच्छन् किन्तु भुलेर स्वार्थ्य जगको अन्याय फाँड्ने सधैँ
बाँच्छन् किन्तु सहेर कष्ट सतको आवाज बोल्ने सधैँ
बाँच्छन् किन्तु दिएर जुक्ति सुकिलो संसार खोल्ने सधैँ ।
३३३
बाच्नेछन् जहिल्यै शहीद जसमा छन् त्यागका मुर्छना
ती वैज्ञानिक बाँच्दछन् सकलको पाएर माया घना
बाँच्छन् चित्त हुने सफा सकलले मानेर प्यारा धन
बाँच्छन् ज्योतिहरू रहेतक स्वयं नौलाख तारागण ।
३४३
धर्ती खुल्नु छ, बाँच्दछन् कुसुमका मालाहरू सुन्दर
आस्था डुल्नु छ, बाँच्दछन् रहरिला बालाहरू निर्झर
छायाँ बाँड्नु छ, बाँच्दछन् पिपलका ती बोट अग्ला बरु
भन्नै पर्छ र ? बाँच्दछन् युग युगौँ ती बुध्द गान्धीहरू ।
३५३
बाँच्दैनन् जसले निचो मन गरी खाएर कालो बसे
बाँच्दैनन् जसले बडप्पन चढी रोजेर जालो बसे
बाँच्दैनन् जसले लुटेर जगमा खाए कमाए अति
बाँच्दैनन् जसले कुमार्ग ठगको गाए रमाए अति ।
३६३
को हाँस्छन् त यहाँ, बुझेर दुनियाँ जो कर्ममा रम्दछन्
को बाँच्छन् त यहाँ, सुप्रेम पथको जो मर्ममा रम्दछन्
गर्छन् चिन्तन जो बसेर जगका प्राणीहरू खातिर
ती आफ्नै लयमा विना भय स्वयं, बाँच्ने त हुन् आखिर
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक