जिन्दगीमा : अञ्जु चालिसे ( कविता )

जिन्दगीमा : अञ्जु चालिसे ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ २८  ।

जिन्दगी हो संसारमा बाँच्ने आधार खोज्नु पर्छ
जब सम्म चल्छ सास हाँस्दै हास्दै बाँच्नु पर्छ

कहिले पाइन्छ माया यहाँ कहिले अपमान को आँशु
रिसाउनु र मनाउनु नैहो जिन्दगीमा खास

मिलनको मिठासमा पनि होला आत्मीयताको अभाव
कठोरताको समाबेसमा पनि जीवन होला झन् खास

कहिँ होला प्रेम पुष्प सम्झना झैँ जीवन भर
कसैलाई होला यहाँ यादका बोझ भिजेको सिरानी सरह

जिन्दगीहो जिन्दगीमा कहिँ मिल्ला हर्ष उल्लास
अभावको भुँवरीमा नहोलान कोहि खास

मिल्छ यहाँ कसैलाई श्रापै श्रापको पहिरो
यस्तै यहाँ मिल्छ कसैलाई सच्चा आशिर्वाद गहिरो

मिल्छन यहाँ चाप्लुशी र धोकाधडी भरपुर
प्राय सदा प्रशंसकनै हान्छन बचनको छुरा तेज

कर्मगरौ हामीसबै राखी चित्त शुद्ध
बन्छ मार्ग स्वयम् यहाँ मेहेनत छ हामी सित

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।