पूर्ण प्रकास नेपाल यात्री पुस्तकालयलाई बुढानिलकण्ठ-१२ को पुस्तक सहयोग

पूर्ण प्रकास नेपाल यात्री पुस्तकालयलाई बुढानिलकण्ठ-१२ को  पुस्तक सहयोग

कपन  अनलाइन

काठमाण्डौ,माघ २६ ।

‘पूर्णप्रकाश नेपाल यात्री पुस्तकालय’ लाई बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले पुस्तक सहयोग गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित पुस्तकालयका अध्यक्ष साहित्यकार त्रिलोचन आचार्यलाई वडा नं १२ की सदस्य तथा नगर कार्यपालिका सदस्य शान्ता ढकाल पुडासैनीले १४४ थान पुस्तक लगायतका सामाग्री हस्तान्तरण गरेकी छन।

वडा नं  १२ का वडा कर्मचारी शेषान्त घिमिरे, पुस्तकालयका उपाध्यक्ष साहित्यकार दुर्गा अधिकारी भमरकोटे, सचिव साहित्यिक पत्रकार निबन्ध आचार्य, पुस्तकालयका सदस्य साहित्यकार ओमप्रसाद कोइराला र पुस्तकालयका प्रबन्धक परशुराम अधिकारी समेतको उपस्थितिमा  पुस्तक लगायतका सामाग्री हस्तान्तरण गरिएको हो।

सो अवसरमा नगर कार्यपालिका सदस्य  शान्ता ढकालले पुस्तकालय व्यवस्थित रुपमा सञ्चालनका लागि नयाँ भवन निर्माणको प्रक्रिया सुरु भएको जानकारी दिदै  नगरपालिकाले साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्न नियमित साहित्यिक कार्यक्रमको आयोजना गर्ने योजना बनाएको बताएकी थिइन्।

त्यस्तै सो अवसरमा   पुस्तकालयका अध्यक्ष साहित्यकार त्रिलोचन आचार्यले यसरी नै निरन्तर रूपमा नगरपालिकाले सचेतना र शैक्षिक तथा साहित्यिक गतिविधिहरुलाई प्रोत्साहन गरेर विवेकशील समाज निर्माणमा योगदान दिनुपर्ने धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।