गोकर्णेश्वर नगरपालिकामा बिध्यालय स्वास्थ्य  सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा बिध्यालय स्वास्थ्य  सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं माघ २६।  गोकर्णेश्वर नगरपालिकामा बिध्यालय स्वास्थ्य  सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुधबार गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको उक्त कार्यक्रम को प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका  प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा रहेका थिए भने बिशेष अतिथिको रुपमा  गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष नवराज लामा वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल वडा नं ४ का वडा अध्यक्ष जयराम महत वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी एन शिवाकोटी एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष मोहन अधिकारी,  इसान अध्यक्ष मदनराज रेग्मी, निसान अध्यक्ष सौर्यनाथ आचार्य, नेपाल शिक्षक संघठन गोकर्णेश्वर अध्यक्ष अनन्त अर्याल,  नगर शिक्षा समिति कृष्ण प्रसाद नेपाल स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय लगायत  बिभिन्न संस्थागत तथा सामुदायिक बिद्यालयका  प्रधानाध्यापक शिक्षक प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रम संचालन अधिकृत टेकेन्द्र ढकालले गरेका थिए ।

गोकर्णेश्वर नगरपालिका   शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख  उपसचिव दण्डपाणी शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरु, कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्वास्थ्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नाका लागी विद्यालयभित्र, सम्पूर्ण कार्यक्रमहरुलाई विद्यालय स्वास्थ्य कार्यक्रम  भनिने जानकारी गराए   ।  उनले विद्यालयमा फरक फरक  समुदायका बालबालिकाहरू एकत्रित भएका हुन्छन् र तिनीहरू मध्ये हरेक बालक व्यक्तिगत रूपमा विविध दृष्टिकोणले फरक हुने  तिनीहरूका समस्याहरू पनि फरक फरक हुने बताए  । तसर्थ शैक्षिक उद्देश्य प्राप्त गर्ने क्रममा उनीहरूमा भएका विविध स्वास्थ्य समस्याका कारणले कुनै बाधा अड्चन आउनु हुँदैन । सो समस्या नहोस् र भविष्यमा समेत आउन सक्ने स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न विद्यालयले सञ्चालन गर्ने स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत महत्वपूर्ण क्षेत्रको रूपमा विद्यालय स्वास्थ्य सेवालाई लिन सकिने बताए।

विद्यालयमा बालबालिकाको स्वास्थ्य स्थितिको मूल्याङ्कन गर्ने, स्वास्थ्य समस्याहरू पहिचान गर्ने, छात्रछात्रामा देखा परेका दोष तथा रोगहरूबाट अभिभावकलाई परिचित गराउने, रोग रोकथामका उपायहरू अपनाउने, आवश्यक सल्लाह र सुझाउ दिने आदि जस्ता सेवामूलक कार्यक्रम गरिन्छ । किनकि नत रोगी विद्यार्थीले सिक्न सक्छ, न त रोगी शिक्षकले सिकाउन सक्छ । तसर्थ विद्यार्थी तथा विद्यालय परिवारका सदस्यहरूको स्वास्थ्य समस्या समयमै निराकरण होस् र कुनै नयाँ स्वास्थ्य समस्या नहोस् भन्ने मनसायले विद्यालय स्वास्थ्य सेवा प्रदान गरिने बताए  ।  विद्यालय स्वास्थ्य सेवाको सुरक्षात्मक पक्ष “रोगको उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै राम्रो” भन्ने सिद्धान्तमा आधारित हुन्छ ।

विद्यालयमा प्रदान गरिने प्रतिकारात्मक स्वास्थ्य सेवा त्यस किसिमको स्वास्थ्य सेवा हो जस अन्तर्गत विद्यालयका विद्यार्थी, शिक्षक वा कर्मचारीहरूमा रोगै लाग्न नपाओस् वा रोग लाग्ने स्थिति नै उत्पन्न नहोस् र रोग भए तापनि उक्त रोग एक अर्कामा सरेर महामारीको रूप नलियोस् र विद्यालय भित्र वा बाहिर सम्भावित दुर्घटनाहरू न्यूनीकरण गर्न र बचाउन वा दुर्घटनाबाट ज्यान जोगाउन र क्षतिलाई न्यून गर्न सकियोस् भन्ने हेतुले सञ्चालन गरिने विभिन्न सेवा वा क्रियाकलापहरूको योग  भएको बताए  ।

कार्यक्रममा  नवराज बगालेले प्रस्तुतीकरण मार्फत बालबालिकाको स्वास्थ्य र विभिन्न रोगको बारेमा जानकारी दिदै किशोरीहरुलाई आइरन चक्किको वितरण, सरसफाई, खोप, बिध्यालय नर्स   लगायतका  बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा  प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा,  बिशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष नवराज लामा,प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी एन शिवाकोटी एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष मोहन अधिकारी,  इसान अध्यक्ष मदनराज रेग्मी, निसान अध्यक्ष सौर्यनाथ आचार्य, नेपाल शिक्षक संघठन गोकर्णेश्वर अध्यक्ष अनन्त अर्याल, नगर शिक्षा समिति कृष्ण प्रसाद नेपाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।