यूएसएआईडी प्रमुख सामन्था पावरले गरिन जगडोल बाट अल्ट्रा धाविका मिरा राई संगै ट्रेल रन

यूएसएआईडी  प्रमुख सामन्था पावरले गरिन जगडोल बाट अल्ट्रा धाविका मिरा राई संगै  ट्रेल रन

कपन अनलाइन

काठमाडौं, माघ २६। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी)की प्रमुख सामन्था पावर  नेपालकी  विश्व च्याम्पियन अल्ट्रा धाविका मिरा राई  सँग ट्रेल रनमा सहभागी भएकी छिन्। बुधवार  बुढानिलकण्ठ नगरपालिका वडा नं ११  जगडोल बाट  शुरु भएको ट्रेल रनमा सहभागी भएकी हुन्।

दौडपछि अनुभव सेयर गर्दै पावरले समथर ठाउँ भन्दा उकालोमा दौडन मनपराउने मानिसहरु पनि संसारमा छन् भन्ने आफूले आज थाहा पाएको बताइन्।मीरा लगायतका ‘टुरिजम आन्ट्रप्रिन्योर’हरुसँग सहकार्य गर्दै नेपालमा पर्यटनको प्रवर्द्धन गरेर धेरै भन्दा धेरै युवाको लागि रोजगारीको अवसर सिर्जना गर्न र नेपालको विकासमा सहयोग गर्न यूएसएआईडी उत्साहित  रहेको (यूएसएआईडी)की प्रमुख सामन्था पावरले बताएकी  छिन  । ट्रेल रनिङ मार्फत नेपालमा ‘इको टुरिजम’को प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो ।

उक्त दौडको क्रममा मिरा राइले  बाल सैनिकको रूपमा आफ्नो विगतको कथा र नेपाली किशोरी तथा महिलाहरूको नयाँ पुस्तालाई सल्लाह र प्रेरणा दिने आफ्ना प्रयासबारे (यूएसएआईडी)की प्रमुख सामन्था पावरलाइ जानकारी गराएकी थिइन । दौडको समापन कपन गुम्बामा भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।