गोकर्णेश्वर-४ मा १० दिने अचार तथा सुत्केरी औषधी बनाउने तालिम सम्पन्न

गोकर्णेश्वर-४ मा १० दिने अचार  तथा सुत्केरी औषधी बनाउने तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं, माघ २६। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा १० दिने अचार  तथा  सुत्केरी औषधी बनाउने तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को आर्थिक सहयोग तथा सप्तऋषि महिला समूहको आयोजनामा  माघ १५ गते देखि शुरु भएको उक्त तालिम माघ २५ गते सम्पन्न भएको हो।  ३५ जना महिलाहरुले सहभागिता जनाएको उक्त तालिमको सहजीकरण सिता केसी सिन्धु पोखरेल र बिष्णु थापाले गरेकी थिइन।

बुधबार   सप्तऋषि महिला समूहको लिला खत्री थापाको अध्यक्षतामा भएको उक्त तालिम समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा सदस्य तथा कार्यपालिका सदस्य गौरी माया श्रेष्ठ,वडा सदस्यहरु सुनिता परियार, राजेश श्रेष्ठ, पुर्व कार्यपालिका सदस्य उमा थापा लगायत प्रशिक्षक र प्रशिक्षार्थीहरुको उपस्थिति रहेको  थियो ।राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा प्रशिक्षार्थी बिष्णु श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा सदस्य तथा कार्यपालिका सदस्य गौरी माया श्रेष्ठ,वडा वडा सदस्य राजेश श्रेष्ठले शुभकामना मन्तब्य राख्दै  तालिममा सिकेको सिपलाई व्यवसायिक अचार उत्पादनमा प्रयोग गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्न आग्रह गरेका थिए । उनीहरुले सहभागिलाई शुभकामना दिँदै अगाडि बढ्न हौसला प्रदान गरेका थिए । ।

समापन सत्रमा बोल्दै प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महतले  महिलाको आर्थिक स्तर उकास्नका लागि उद्यमशीलता तालिमको आवश्यकता भएको बताए  । महिलाहरुलाई उद्यमशील बनाउनका लागि वडाले लगानी गरिरहेको बताउँदै सबैले व्यवसायिक भएर लाग्न अनुरोध समेत गरेका थिए । वडा भित्र रहेका युवायुवती , महिलापुरुष सबैलाई बर्षेनी बिभिन्न खालका सिपमुलक तालिमहरु दिनुको उदेश्य नै  आफ्नै गाउँघरमा बसेर केहि न केहि गरी आत्मनिर्भर बनुन भन्ने रहेको  समेत बताउदै तालिममा सिकेको सिपलाई व्यवहारमा उतारी आत्म निर्भर बन्न अनुरोध गरेका थिए ।

तालिममा सहभागीहरुलाई प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले प्रमाणपत्र वितरण गरेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै कार्यक्रम संयोजक एबम सप्तऋषि महिला समूहको अध्यक्ष  लिला खत्री थापाले उपस्थित सबैलाई धन्यवाद दिदै सिकेको  सिकेको शिपलाइ व्यवहारमा उतारी व्यवसायिक बन्न प्रेरित गरेकी थिइन ।

उनले महिलाहरु पनि घरमै बसि उद्यमी बन्न सक्ने र केही नयाँ कुराको ज्ञान दिन सकिने उद्धेश्यका साथ १० दिने अचार बनाउने तालिम प्रदान गरिएको बताउदै  तालिमबाट महिला दिदीबहिनीहरुले घरमा नै उत्पादन भएको सामग्रीबाट अचार बनाई बिक्रीवितरण गर्न सक्ने साथै घरमा नै प्रयोग गर्न सकिने हुँदा यस प्रकारको तालिम प्रदान गरिएको प्रष्ट पारेकी थिइन  ।

तपाइँको प्रतिक्रिया ।