लिम्पिया नेशनल स्कुल प्लस टु कलेजको स्वागत बिदाइ तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न

लिम्पिया नेशनल स्कुल प्लस टु कलेजको स्वागत बिदाइ तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न

कपन अनलाइन

काठमाडौं माघ २२  ।गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी नयाँबस्तिमा संचालित लिम्पिया नेशनल स्कुल प्लस टु कलेजले स्वागत बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।  कलेजले  शनिबार पिस व्यंकेटमा एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरूलाई स्वागत र बिदाइ सहित सम्मान  गरेको हो ।

कलेजका प्रिन्सिपल मदनराज रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको  प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा बिशेष अतिथिको रुपमा यू एस एड तथा  EGRPका कोर्डिनेटर धन सिंह धामी, प्याब्सन काठमाडौं जिल्ला सचिब तथा लिबेर्टी स्कुलका प्रिन्सिपल ओम प्रसाद ढकाल, नेसनल  प्याब्सन गोकर्णेश्वर अध्यक्ष एबम बिपुल शिक्षा निकेतनका प्रिन्सिपल मोहन अधिकारी

  प्याब्सकका अध्यक्ष तथा मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा, होलि एन्जल्स स्कुलका प्रिन्सिपल तथा इसानका पुर्व अध्यक्ष परिषदका संयोजक राजकुमार श्रेष्ठ,  इसानका सल्लाहकार एबम रिम्स स्कुलका  प्रिन्सिपल , बालमुकुन्द कार्की,इसानका उपाध्यक्षएबम शुभ स्कुलको प्रिस्निपल साधना खतिवडा निसानका अध्यक्ष एबम गोकर्णेश्वर लाइट एकेडेमीका प्रिन्सिपल सौर्यनाथ आचार्य  लगायत बिभिन्न बिध्यालयका प्रिन्सिपल शिक्षक प्रतिनिधि सहित बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालन कलेजका भाइस प्रिन्सिपल रमेश कुमार विश्वकर्माले गरेका थिए ।

 प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले पानसमा दिप प्रज्वलन संगै उद्घाटन भएको कार्यक्रममा कलेजका कोर्डिनेटर किशोर टमट्टाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । कलेजमा पढ्ने विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए  । विभिन्न विद्यार्थीहरूले नेपालको संस्कृतिलाई थप उजागर गर्ने उद्देश्यले विभिन्न कलात्मक प्रस्तुति देखाएका थिए ।

उक्त  कार्यक्रममा ख्यातिप्राप्त नेपालि कलाकारहरु  जिबेश गुरुङ, एलिना चौहान, धर्मेन्द्र सुनुवार,  हिमाल सागर ले बेजोड प्रस्तुति मार्फत मनोरंजन प्रदान गरेका थिए  । कलेजले बिद्यार्थीहरुलाई पढाइ संगै  रोजगारीको अवसर पनि सृजना गर्ने हेतुले आला कार्ट होटल युदिता, सम्भब कन्सल्टी संग  सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको उक्त कार्यक्रममा प्याब्सन काठमाडौं जिल्ला सचिब तथा लिबेर्टी स्कुलका प्रिन्सिपल ओम प्रसाद ढकाल, होलि एन्जल्स स्कुलका प्रिन्सिपल तथा इसानका पुर्व अध्यक्ष परिषदका संयोजक राजकुमार श्रेष्ठ,  लगायतले शुभकामना मन्तब्य राख्दै कलेजको प्रगतिको कामना गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई विशेष सम्मान,  लिम्पिया विद्यार्थी सम्मान २०७९  लगायतका अवार्ड समेत प्रदान गरिएको थियो ।

 कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले दक्ष जनशक्ति विदेशिएकोमा चिन्ता ब्यक्त गर्दै देशमा रोजगारी सिर्जना हुनुपर्नेमा जोड दिएका थिए । उनले  शिक्षा क्षेत्रको विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउदै सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।   लिम्पिया नेशनल  स्कुल  प्लस टु कलेजले  शैक्षिक बिकासमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै कलेज गुणस्तरको पर्याय बनेकै कारण निरन्तर सफलताको यात्रातिर लम्किरहेको धारणा राखेका थिए । आफ्नै होटेल म्यानेजमेन्ट ल्याब हुने कलेजहरू दुर्लभ पाइने गर्छन् जसमध्ये लिम्पिया एक  भएको बताएका थिए ।  उनले कक्षा १२ पास गरेकाहरुलाई बधाई दिदै उनीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए ।

 अध्यक्षताको आसन बाट बोल्दै लिम्पिया नेशनल स्कुल प्लस टु का प्रिन्सिपल मदन राज रेग्मीले अब्बल जन शक्ति उत्पादन गर्न लिम्पिया कलेज प्रतिबद्द रहेको जानकारी गराएका थिए। उनले कलेज आजको स्थान सम्म आइपुग्नुमा कलेज व्यवस्थापक संगै शैक्षिक क्षेत्रमा लागेका सबै बिध्यालय शिक्षक बिद्यार्थीहरुको समेत उलेख्य भूमिका रहेको जानकारी गराउदै नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाई बधाई दिदै उज्वल भबिष्यको कामना गरेका थिए  ।

 लिम्पियाले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अहिलेको प्रतिस्पर्धात्मक युगमा विश्वका जुनसुकै ठाउँमा पनि आफुलाई स्थापित गराउन सक्ने गरि दक्ष बनाउन प्रयास गरिरहेको जानकारी दिदै  असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप अघि बढिरहेको जानकारी गराएका थिए। उनले नया भर्ना भएका बिद्यार्थीहरुलाई  शिक्षकले दिने हरेक निर्देशन आफ्नै भलोका लागि भनेर सोच्न समेत बिद्यार्थीहरुलाई सुझाउदै   कक्षा १२ पास गरेकाहरुलाई बधाई दिदै उनीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।