नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको ल्होछार शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको ल्होछार शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, माघ २२ । नेपाल बुद्धिष्ट तामाङ सुधार समिति द्वारा  २८५९ औं सोनाम ल्होछारको अवसरमा शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार गोकर्णेश्वर ४ माकलबारीमा नेपाल बुद्धिष्ट तामाङ सुधार समितिका अध्यक्ष रुप तामाङको अध्यक्षतामा भएकोउक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा  संघीय सांसद सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा,वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, शिवपुरी गाउँपालिकाका पूर्व उपाध्यक्ष मन्जु के.सी., समितिका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार मुइजित तामाङ, संरक्षक सुन ब.तामाङ, पूर्व अध्यक्ष तथा सल्लाहकार नरेश तामाङ, पूर्व अध्यक्ष तथा सल्लाहकार राजेन्द्र तामाङ, पूर्व अध्यक्ष तथा सल्लाहकार पूर्ण बहादुर तामाङ, दुप्चेश्वर साकोसका प्रवन्धक स्वेता ठिमी,  गोकर्णेश्वर नगरपालिका खेलकुद विकास  समितिका संयोजक सञ्जय लामा लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि संघीय सांसद सन्तोष चालिसेले २८५९ औं सोनाम ल्होछारको शुभकामना दिएका थिए। उनले आफ्नो कला संस्कृतिलाई जोगाई पहिचानको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए उनले आफु नगर प्रमुखको रुपमा रहदा नेपाल बुद्धिष्ट तामाङ सुधार समितिलाइ धेरै सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग गरिरहने बताएका थिए ।

 कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख दिपक कुमार रिसालले २८५९ औं सोनाम ल्होछारको शुभकामना दिदै धर्म सस्कृति कला  परम्परा  जोगाउनु पर्नेमा जोड दिएका थिए। यस्ता कार्यक्रमले संस्कृति जगेर्ना समेत सहयोग पुग्ने बताउदै नगरपालिकाले धर्म सस्कृति कला परम्परा संरक्षणका लागि बिभिन्न कार्यक्रम गर्दै आएको बताएका थिए ।कार्यक्रमलाइ गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ  नेपाल बुद्धिष्ट तामाङ सुधार समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार पूर्ण बहादुर तामाङ लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा   नेपाल बुद्धिष्ट तामाङ सुधार समितिका अध्यक्ष रुप तामाङले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बिभिन्न कलाकारहरुले   सांगेतिक सास्कृतिक प्रस्तुति   मार्फत मनोरंजन प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।