घाम लागी रहेछ : त्रिलोचन आचार्य (कविता )

घाम लागी रहेछ :  त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाडौँ, माघ २१ ।

१. भन्छन् मान्छे किन समयको छैन सौन्दर्य जादु
भन्छन् मान्छे किन सब कुरा राख्न जानिन्न कावु
भन्छन् मान्छे किन विफलता लाम लागी रहेछ
तीभन्दैनन् किन? चहकिलो घाम लागी रहेछ ।

२. सारा मान्छे किन हरपल त्रास देखी रहेछन्
सारा मान्छे किन नि दिउसै रात देखी रहेछन्
के सोच्दैछन् विकट पथले नाम मागी रहेछ ?
देख्दैनन् ती किन किन सफा घाम लागी रहेछ ?

३. सानानानी रहर छ उडौँ भेट्न आकाश भन्छन्
हाँगाहाँगा कुदिकन चरी स्वप्न संसार बुन्छन्
हेरौँ ऐले हर चिज यहाँ काम लागी रहेछ
आँखा छोपीकिन पर बस्यौ ? घाम लागी रहेछ ।

४. उठ्छन् आफैँ सकललहरा फूल नाना फुलाई
हेर्छन् तारागण पर बसी सौम्य संसारलाई
भन्छन् ज्ञानीजन सकल सत्धाम जागी रहेछ
देख्दैनन् को किनभन?यहाँ घाम लागी रहेछ ।

५. मेरो माटो मसँग श्रमको दानमागी रहेछ
मेरो बाटो मसँग दिलको गानमागी रहेछ
के छन् हेरौँ निरस रसले स्थान मागी रहेछ
गुम्सी बस्ने किन पर ?यता घाम लागी रहेछ ।

६. कुद्छन् खोला कलकल गरी आश छन् उर्ध्वगामी
यात्री हिँड्छन् गत विगतको बिर्सिएरै कहानी
ल्याऊँ नौलादिन अब भनी याम लागी रहेछ
को देख्दैनन् झलमल यहाँ, घाम लागी रहेछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।