पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा सम्पन्न

पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ माघ २ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा संचालित पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा  सम्पन्न भएको छ। पौष २९  गते शुक्रबार  गोकर्णेश्वर नगरपालिका  वडा नं ९ मा रहेको गोकर्णेश्वर व्याङ्क्वेटमा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा  प्रतिनिधि सभा सदस्य  माननीय सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा कास्कुन जिल्ला अध्यक्ष दिपक पनेरु, साहित्यकार एबम पत्रकार विजय चालिसे, संस्थाका कानुनी सल्लाहकार गोपाल प्रसाद भण्डारी , गोकर्णेश्वर माविका प्रधानाध्यापक पुष्पराज भण्डारी, सहयोगी माविका प्रधानाध्यापक निर्माण न्यौपाने  लगायत संस्थाका पदाधिकारी शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरि कृष्ण श्रेष्ठले गरेका थिए  भने कार्यक्रम संचालन संस्थाकी  सह सचिव  बालकृष्ण श्रेष्ठले गरेको थिए ।

 

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय सन्तोष चालिसेले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए। कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमलाल श्रेष्ठले स्वगत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।कार्यक्रममा  संस्थाका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै साविकको गोकर्णेश्वर गाविसकै पहिलो सहकारी पासा ग्वाहाली पुचः वचत तथा ऋण सहकारीले  सहकारीको मुलभूत सिद्धान्तहरुको अधिनमा रहेर आफ्नो सदस्यहरुको आर्थिक तथा सामाजिक बिकासको मूल लक्ष्य राखी स्थापना भएको संस्थाले सफलतापुर्वक १५   बर्ष पुरा गरि १६   बर्षमा प्रवेश गरेको जानकारी दिदै अध्यक्ष श्रेष्ठले आर्थिक र सामाजिक रुपान्तरणका लागि छुट्टै पहिचान बोकेर स्थापित संस्थाले समयानुसारको शिप प्रबिधिलाइ आत्मसाथ गर्दै समाजको सवाल आर्थिक रुपान्तरणका लागि केहि गर्नु पर्छ र केहि गर्नु सक्छौ भन्ने भावना भएको  व्यक्तिहरुको अवाद्दतालाइ संस्थाले सवल पूजीको रुपमा लिएको उनले बताए ।

संस्थाले स्थापना काल देखि नै मासिक बचत ऐच्छिक बचत, बाल बचत ,दैनिक बचत,पासा समृद्दी बचत आवधिक बचत, ज्येष्ठ नागरिक बचत शेयर बचत, पिजिपी बचत, नारी बचत लगायतका बिभिन्न बचत योजनाहरु संचालन गरि कारोबार गरिरहेको जानकारी गराएका थिए ।उनले कर्जा लगानी तर्फ पनि सन्दर्भ ब्याजदर भन्दा पनि कम ब्याजदरबाट सर्वसुलभ तरिकाले  बिभिन्न क्षेत्रहरुमाकर्जा सुबिधा उपलब्ध गराईरहेको जानकारी दिएका थिए ।कार्यक्रममा लेखा समितिका संयोजक कृष्ण भक्त श्रेष्ठले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको थियो  ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी त्यसै गरि उत्कृष्ट बाल बचतकर्ता,उत्कृष्ट शेयर धनि र उत्कृष्ट कर्मचारी र एस ई ई मा ४ जी पिए ल्याउनेलाइ  सम्मान गरिएको थियो । कार्यक्रममा सल्लाहकारहरुको तर्फ बाट संस्थाका कानुनि सल्लाहकार गोपाल प्रसाद भण्डारी साहित्यकार एबम पत्रकार विजय कुमार चालिसे  बिशेष अतिथि कास्कुन जिल्ला अध्यक्ष दिपक पनेरु  प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य  माननीय सन्तोष चालिसे लगायत  शुभकामना मन्तब्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।