मानवअधिकार तथा शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित

मानवअधिकार तथा शान्ति समाजको सभापतिमा रामकृष्ण बराल निर्वाचित

कपन अनलाइन 

काठमाडौं माघ २ । मानवअधिकार तथा शान्ति समाजको सभापतिमा रामकृष्ण बराल  निर्वाचित  भएका छन् । समाजको पच्चिसौं राष्ट्रिय परिषद बैठकले बराललाई सभापतिमा नर्वाचित गरेको हो । नवलपरासीको भुमहीमा शनिबार भएको निवार्चनमा सुशील बस्नेतलाई पराजित गर्दै  बराल निवाचित भएका हुन्।समाजको वरिष्ठ उपसभापतिमा कृष्णबहादुर रावल विजयी भएका छन्। रावलले श्यामसुन्दर पराजुलीलाई पराजित गरेका छन् । समाजको उपसभापतिमा  राजेन्द्र पौडेल, उपसभापति (महिला) पुष्पा मल्ल र महासचिवमा रेनुका पौडेल निर्वाचित भएका छन् ।

समाजको १ नम्बर प्रदेश सचिवमा लक्ष्मीनारायण मिश्र, मधेस प्रदेश सचिवमा अमर गौतम, बागमती प्रदेशमा चन्द्रमणि बन्जारा,  गन्डकी प्रदेशमा  सिताराम तिवारी, लुम्बिनीमा  सन्तोष अधिकारी छेत्री, कर्णालीमा  प्रकाश शाही, सुदूरपश्चिममा भक्तबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।त्यस्तै सचिव (महिला) मिना ढकाल , सचिव (जनजाति)मा रामप्रसाद जोशी, सचिव (मधेसी) सन्तोषकुमार रौनियार, सचिव (दलित) मा निर्मल नेपाली चयन भएका छन् ।समाजको केन्द्रीय सदस्यमा नम्रता खरेल, क्षमादेवी अधिकारी, मिरादेवी अधिकारी, फुलु सुनार, ज्ञानेन्द्र निरौला ,विनोदकुमार अधिकारी, डीपी खनाल, देवराज भट्टराई ,दिल्लीप्रसाद जैसी , तुल्सीराम सुनार निर्वाचित भएका छन् ।

समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा संविधान सभा सदस्य विनोद पहाडी, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, नेपाली कांग्रेसका कुलदीप आचार्य, नेकपा एमालेका डोलेश्वर भण्डारी, माओवादी केन्द्रका रामानन्द यादव, जसपाका शेषनारायण साहानी, शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, पूर्वसभापति डा गंगाधर अधिकारी, वरिष्ठ उपसभापति सुशील बस्नेत, महासचिव रामकृष्ण बराल, सचिव मीना ढकाल र मूल तयारी समिति संयोजक सन्तोष अधिकारी क्षेत्रीले मन्तव्य  राखेका  थिए।

तपाइँको प्रतिक्रिया ।