टोखा नगरपालिकाको नगर सभा सम्पन्न

टोखा नगरपालिकाको नगर सभा सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,पुस ३०।

टोखा नगरपालिकाको नगर सभाको १२ औ अधिवेसन सम्पन्न भएको छ। टोखा नगरपालिका वडा नं ३ को सदभाव पार्टी प्यालेसमा भएको नगरसभाको अध्यक्षता नगर प्रमुख प्रकाश अधिकारीले गरेका थिए।

“ऐतिहासिक ,सांस्कृतिक,पर्यटकीय समृद्ध टोखा नगर” मूल नारा रहेको टोखा नगरपालिकाको सो नगर सभामा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ्गले आय व्ययको संसोधित अनुमान प्रस्तुत गरेका थिए।

नगर सभाको  ११ औ अधिवेसनमा २ अर्ब ११ करोड ५६ लाख ७ हजारको आय व्ययको अनुमान टोखा नगरपालिकाले स्वीकृत बजे मध्ये हाल सम्म ३३  करोड ९१  लाख ३१  हजार खर्च गरेको छ।

टोखा नगरपालिकाले पूर्वाधार विकासमा १ अर्ब १३ करोड ४३ लाख २१ हजार बजेट विनियोजन गरेको छ सामाजिक विकासतर्फ ४६ करोड ९१ लाख ४५ हजार बिनियोजन गरिएको छ।

त्यस्तै वातावरण र विपद व्यवस्थापनका लागि ७ करोड ७० लाख ५० हजार बजेट बिनियोजन गरेको टोखा नगरपालिकाले कृषि ,पशु ,उद्योग बाणिज्य ,पर्यटन ,वित्तीय र सहकारी क्षेत्रका लागि ४ करोड ८४ लाख २० हजार बजेट विनियोजन गरेको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।