बुढानीलकण्ठ नगरपालिकाकाे ११ औं नगरसभा सम्पन्न

बुढानीलकण्ठ नगरपालिकाकाे ११ औं नगरसभा सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,पुस ३०।

बुढानीलकण्ठ नगरपालिकाकाे ११ औं नगरसभा  सम्पन्न भएकाे छ । नगरपालिका प्रशासनिक भवनको सभाहलमा भएको सभामा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्यहरू, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाका कर्मचारीहरू र पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

सो नगर सभामा राजस्व परामर्श समिति, सुशासन समिति, विधेयक समिति, लेखा समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, आर्थिक विकास समिति र सामाजिक विकास समितिहरुले प्रगति प्रतिवेदन सभामा पेश गरेका थिए ।

विषयगत समिति अन्तरगत राजस्व परामर्श तथा न्यायीक समितिका संयोजक नगर उपप्रमुखले प्रतिवेदन प्रस्तुत गरेकी थिइन्  भने  विधायन समितिबाट संयोजक गोमा मंग्रान्ती, पूर्वाधार विकास समितिबाट सुरेन्द्र लामा, सामाजिक समितिबाट संयोजक शान्ता ढकाल पुडासैनी, वन-वातावरण तथा विपद व्यवस्थापन समितिबाट संयोजक राजकुमार रोक्का, आर्थिक विकास समितिबाट रिना श्रेष्ठ र लेखा समितिबाट संयोजक राजकाजी श्रेष्ठले र सुशासन समितिबाट संयोजक शम्भु प्रसाद भट्टराईले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संविधानमा र स्थानीय तह संचालन ऐन, २०७४ मा व्यवस्था भए अनुसार भएको सो  हिउँदे नगरसभामा चालु आ.व. २०७९/८० काे बजेट कार्यक्रम स्वीकृत भएदेखी ६ महिना भित्र कार्यान्वयन भएकाे सम्पूर्ण काम र गतिविधिहरूका बारेमा छलफल, अर्धवार्षिक समीक्षा र मुल्याङ्कन गरिएकाे थियाे ।

तपाइँको प्रतिक्रिया ।