बुढानिलकण्ठका वडा कार्यालयहरुको अनुगमन,कर्मचारीले समय पालना नगर्दा सुशासनमा समस्या

बुढानिलकण्ठका वडा कार्यालयहरुको अनुगमन,कर्मचारीले समय पालना नगर्दा सुशासनमा समस्या

कपन अनलाइन

काठमाण्डौ ,पुस २१।

बुढानिलकण्ठ नगरपालिकाले वडा कार्यालय अनुगमनलाई तिव्र बनाएको छ। नगरपालिकाको सुशासन र कामकारबाहीलाई प्रभावकारी बनाउन वडाहरुमा अनुगमन गरिएको हो। बुढानिलकण्ठ नगरपालिकाका १२ वटा अनुगमन गरि सकिएको सुशासन तथा क्षमता विकास समितिका संयोजक शम्भु प्रसाद भट्टराईले जानकारी दिएका छन।
यसै क्रममा पुगेको नगरपालिकाको अनुगमन टोलिले पुस २१ गते बुढानिलकण्ठ नगरपालिका वडा -१० मा अनुगमन गरेको छ। बुढानिलकण्ठ नगरपालिकाको प्रसासन शाखा प्रमुख केदार कुमार खड्का,राज कुमार थापा र समितिका सदस्य झपट बहादुर कार्की सहित अनुगमनमा पुगेका संयोजक भट्टराईले कर्मचारीको समय तालिका, सेवा प्रवाह र आन्तरिक गतिविधिका वारेमा जानकारी लिएका थिए।
हालसम्म बुढानिलकण्ठ नगरपालिका वडा नं २ बाहेक वडा नं १ ,८,९,१०,११ ,१२ र १३ को अनुगमन सकिएको जानकारी दिदै संयोजक भट्टराईले अनुगमनका क्रममा कर्मचारीहरुमा समय पालनाको ठुलो समस्या देखिएको बताएका छन।
No description available.
जनता संग सरोकार राख्ने पहिलो स्थान वडा कार्यालय रहेकोले सेवा प्रवाह र सुशासनमा कर्मचारीहरुले समय पालना पालना नगर्दा  भिलेखीकरण र राजस्व संकलन जस्ता विषयहरुमा आशर परेको बताउदै संयोजक भट्टराईले आगामी दिनमा ति समस्या देखिएमा नगरपालिका थप कठोर बन्ने संकेत गरेका छन।
नगरपालिकाका १३ वटै वडाको अनुगमन पश्चात सरोकारवाला अन्य कार्यालयहरुको अनुगमनलाई तीव्रता दिने बताउदै भट्टराईले सुशासन र विकास निर्माणको काममा कुनैपनि किसिमको सम्झौता नहुने धारणा समेत राखेका छन।
बुढानिलकण्ठ नगरपालिकाको प्रशासन संयन्त्र हेर्ने सुशासन र क्षमता विकास समितिको अनुगमन अभियानमा देखेका समस्याहरु समाधानका लागि  “नगरपालीका छ हाकिमहरु” हरुको भूमिकाका वारेमा पनि चर्चा शुरु भएको छ।
तपाइँको प्रतिक्रिया ।