तारेभीरका २५ घर र एक विद्यालय सार्न भूगर्भविद्को सुझाव

कपन अनलाइन ,काठमाडौँ, ३ असार । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको तारेभीर आसपासका २५ घर र तारेभीर प्राथमिक विद्यालय छ महिनाका लागि सार्न भूगर्भविद्ले सुझाव दिएका छन् ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद्द्वय लीलानाथ रिमाल र जयराज घिमिरेको समूहले तारेभीरमा भौगर्भिक अध्ययन गरी यस्तो निष्कर्ष निकालेको हो । “दक्षिणपट्टि फर्किएको तारेभीरका ठूला चट्टान पाँच ठाउँमा चर्किएका छन्, चर्किएको चट्टान जतिबेला पनि खस्न सक्ने भएकाले भीरदेखि निकुञ्जमुनिको सडकसम्मको क्षेत्रलाई खतरा क्षेत्र घोषणा गरी २५ घर र तारेभीर प्राथमिक विद्यालय सार्नुपर्ने अध्ययनबाट देखिएको छ”–उहाँहरुले भन्नुभयो ।

11543011_643190059116515_1876281686_o
तारेभीर गुम्बामाथि अग्लो पर्खाल लगाई आएको चट्टानलाई रोक्ने संरचनाको निर्माण छिटो गर्न पनि भूगर्भविद्को समूहले सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । भीरको संरक्षणका लागि स्थानीयवासी सम्मिलित समिति गठन गरी चर्केका चट्टान हटाउने पहलको सुझाव दिइएको भूगर्भविद् रिमालले जानकारी दिनुभयो ।

“चर्किएका चट्टान हटाएर सिमेन्ट लगाई पहरा अड्याउन सकिन्छ, रुख बिरुवा रोप्ने र गुम्बामुनिको भागसम्म नयाँ निर्माण रोकिनुपर्छ”–अध्ययनमा संलग्न भूगर्भविद् घिमिरेले भन्नुभयो ।

यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सभासद् रामेश्वर फुयाँल उपत्यकाका चम्पादेवी, शिवपुरी र चन्द्रागिरीजस्तै अग्लो तारेभीर पहाडमा यस किसिमको सङ्कट पहिलोपटक देखिएको बताउनुहुन्छ । “हजारौँ वर्षदेखि नखसेको चट्टान खसेकाले स्थानीयवासी डराएका छन्, त्यसैले जोखिममा रहेको बस्ती सारेका छौँ,” उहाँले भन्नुभयो ।

स्थलगत रेपोर्टिंगका क्रममा देखिएको भिडियो तथा फोटो फिचर केहि बेरमा ……..

तपाइँको प्रतिक्रिया ।