कागेश्वरी मनोहरा नगरपालिकामा पालिका स्तरीय बिज्ञान प्रदर्शनी गरीने

कागेश्वरी मनोहरा नगरपालिकामा पालिका स्तरीय बिज्ञान प्रदर्शनी गरीने

कपन अनलाइन

काठमाडौं, पौष १७ । कागेश्वरी मनोहरा नगरपालिकामा पालिका स्तरीय बिज्ञान प्रदर्शनी गरिने  भएको छ । कागेश्वरी मनोहरा नगरपालिका बिज्ञान समिती र पालिकाबिच  भएको छलफल पश्चात  नगरपालिका कार्यक्रम अन्तर्गत पालिका स्तरीय बिज्ञान प्रदर्शनी गर्ने निर्णय भएको हो  ।   छलफल बाट निम्न निर्णय भएको छ ।

१ ) पालिका स्तरिय बिज्ञान प्रदर्शनी  फागुन  ११ गते गर्ने ।

२)पालिका भरिका संस्थागत र सामुदायिक बिद्यालय सहभागी भइ आधारभुत र माध्यमिक तहका विद्यार्थी बिच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने ।

३) प्रदर्शनी पालिका भरिका बिद्यालयलाई पायक पर्ने सेन्टरमा आयोजना गर्ने ।

४) प्रदर्शनी आयोजना र ब्यबस्थापन गर्न डम्वरु प्रसाद पोखरेलको संयोजकत्वमा पालिका ,सामुदायिक बिज्ञान शिक्षक ,संस्थागत बिज्ञान शिक्षक प्रतिनिधि , STAN पालिका प्रतिनिधि सहितको एक समिती गठन र सोही समितिले बिस्तृत कार्ययोजना बनाउने निर्णय समेत भएको छ ।

छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको समेत सहभागिता रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।