दुधकुण्ड बचत तथा ऋण सहकारी संस्था गोकर्णेश्वर ८ को प्रथम बार्षिक साधारण सभा सम्पन्न

दुधकुण्ड बचत तथा ऋण सहकारी संस्था गोकर्णेश्वर ८ को प्रथम  बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष १७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ डांडागाउमा संचालित दुधकुण्ड बचत तथा ऋण सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार बिहान होलि एन्जल्स पब्लिक स्कुलको प्रांगणमा दुधकुण्ड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभाको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका आर्थिक प्रशासन शाखा प्रमुख दिपक थापा रहेका थिए ।

कार्यक्रममा  संचालक समितिका पदाधिकारी सहित शेयर धनिहरुको उपस्थिति रहेको कार्यक्रम संचालन डा. खड्ग नारायण श्रेष्ठले गरेका थिए ।  राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमका  प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका आर्थिक प्रशासन शाखा प्रमुख दिपक थापाले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । संस्थाकासंचालक समितिका सदस्य अर्जुन कार्कीले स्वागत मन्तब्य राखेको कार्यक्रममा  ऋण समितिका संयोजक कृष्णगोपाल श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष  राजकुमार श्रेष्ठले अध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले संस्थाले स्थापना काल देखिनै सहकारीको मूल्य मान्यता र सिद्धान्तलाइ आत्मसाथ गरि अघि बढेको जानकारी गराएका थिए । सामुहिक रुपमा संगठित भएर सहकारीको मुल्य मान्यता र सिद्धान्तको आधारमा काम गर्ने वातावरण सृजना गरि आपसमा मितव्ययीता र परस्पर सहयोगको भावना अभिबृद्दिगर्दे जाने लक्ष्य रहेको बताए । उनले संस्थाको औपचारिक स्थापनाको पहिलो बर्षभएको हुँदा खुद मुनाफा आर्जन गर्ने प्रयास संगै  संस्थागत हुने प्रयास गरि संस्थाको केन्द्रीय कार्यालय र कारोबार कार्यालयको व्यवस्था गरेको जानकारी गराए । संस्थामा खराब कर्जा  नभएको जानकारी दिएका थिए ।

उनले संस्थाको भावी योजनाको बारेमा समेत जानकारी गराउदै आर्थिक बर्ष ७९/८०को अन्त्य सम्ममा वचत संकलन १ करोड पुर्याउने लक्ष्य राखेको समेत जानकारी गराएका थिए । संस्थाको शेयर पुजी त्रियान्नब्बे लाख बाह्र हजार रुपैया रहेको र आर्थिक बर्ष  ७९/८० को अन्त्य सम्ममा संस्थाको शेयर पुजी एक करोड ५० लाख पुर्याउने लक्ष्य राखिएको समेत उनले  जानकारी गराए ।संस्थाका कोषाध्यक्षले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेको  कार्यक्रममा  लेखा तथा सुपरीक्षण संयोजकले लेखा तथा सुपरीक्षणको प्रतिबेदन  प्रस्तुत गरेका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका आर्थिक प्रशासन शाखा प्रमुख दिपक थापाले संस्थाको प्रगतिको कामना गरेका थिए। संस्थामा खराब कर्जा नभएको सुन्न पाउदा खुसिलागेको बताउदै नीति नियममा रहेर कारोबार गर्न अनुरोध गरेका थिए। उनले फजुल खर्चलाइ उत्पादनमुलक क्षेत्रमा लगानी गर्न पनि अनुरोध गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।