छोटो कविता : विष्णु ओली
कपन अनलाइन
काठमाण्डौ ,पुस १६ ।
स्वीजरल्याण्ड र सिंगापुर
चाहिएको होइनहामीलाइ
अभिभाज्य स्वतन्त्र नेपाल चाहिन्छ
मोनोरेल÷बुलेट ट्रेन÷सपना हुनसक्छ
हाम्राआवश्यकता सार्वजनिकयातायातहुन
वनमासेर निर्माण गरिने एरपोर्ट होइन
जाहा छिमेकीले जहाज उडाउन अवतरण हुनदिदैन
हाम्रो आवश्यकता सरल सजिलो पहुंच हो
टुइनमा झुण्डिने हाम्रो रहर हैन
तिमीले गरेको गद्दारी हो
महाकालीमाबग्ने रगत
तिमीले दिएको धोका हो सार्वभौम सत्ताप्रतिको
गद्दारी हो÷तिम्राझुकेका नजर भ्रष्टाचारको सबुतहो
तिम्रो प्रतिगमन÷आफ्ना जोगाउने
षड्यन्त्रहो÷थोरै भएपनि पुग्छ हामीलाई
हाम्रानानीहरू पढन स्कुलहोस्
गरिखानलाई कामहोस
इमान्दार नेताहुन चेतनाभएको समाजहोस
नारीको सम्मानहोस
हामीलाई उडन्ते सपनानदेखाउ
फिरङी को देश नदेखाउ
हामीलाई सवै अटाउने देश चाहिन्छ
जाहाशान्तिहोस सिर्जना होस
आपसमाभाइचारा होस
एक छाक खानपुगोस एकछाक दिनपुगोस
हामीलाई अविछिन्न पुर्खाले जोडेको सिमाना चाहिन्छ
अम्मरसिहबलभद्र चाहिन्छ
जनक र सीता चाहिन्छ, अरनिको चाहिन्छ
अनित्यो एकताको प्रतिक चाहिन्छ
मलाई हाम्रो देशको गौरवशाली
इतिहास चाहिन्छ वर्तमान चाहिन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक