गजल : जीवन आचार्य ‘निश्चल’
कपन अनलाइन
काठमाण्डौ ,पुस १६ ।
भर्भराउदो जवानी चाख्नुहोला
नजरको निसानी चाख्नुहोला
बगेर गएपछी फर्कदैन कदापी
समयमै यो पानी चाख्नुहोला
आउँछौ भनी पर्खीवस मन्जरी
म विना जिन्दगानी चाख्नुहोला
फूलेको छ बैँश छरेको छ वास
मुस्कान रूवानी चाख्नुहोला
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।