शिक्षक : छायादत्त न्यौपाने बगर (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस १६ ।
शिक्षक हामी उज्यालो छर्छौं मुहान खोलेर
सत्कर्म गर्छौं अँध्यारो हर्छौ चेतना भरेर
मनका स्वच्छ कर्मका धनी सेवकभएर
बालक रोजी ज्ञानको खोजी जाँगर थपेर
नवीन सोच जीवन रथ सानले हाँकौं न
जलाई दीप भविष्य खोजी शिखर चुमौं न
उज्यालो चेत विद्यार्थी भेट सिर्जना सिकाई
चौतारी चिन्दै हृदय जोड्दै अधर खुलाई
चिनाई आफ्नो भाषा र भेस पसिना काढेर
सङ्घर्ष गरौंं विवेक भरौ जिज्ञासु बनेर
देशको माटो शिरमा राखी कर्तव्य बुझाई
मौलिक कला संस्कृति महान् कौशलबताई
कलिला मुना सन्तति जाती गन्तव्य देखाऊँ
श्रमले बाँच्ने पौरख खाने गौरव उठाऊँ !
अक्षर खेती चढाई भेटी सक्षमभयौंं है
समता न्यानो पुर्याई सारा उन्नत बनौ है !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।