नयाँ महाभारत : त्रिलोचन आचार्य (कविता )

नयाँ महाभारत : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस १६ ।

महाभारत चल्दैछ आजसम्म उसैगरी
सत्तामा पुग्नुपर्नेछ सबैलाई कसैगरी
यहाँ खोजिन्छ आफन्त पदमा राख्नखातिर
धृतराष्ट्र रहेका छन् गाउँ केन्द्र सबैतिर ।।१।।

खोसाखोस चलेकैछ मुक्काहान्दै भकाभक
चल्छ नित्यचलेकै छ जालझेल जुवातक
साना ठूला बनेका छन् जिम्दार सब गाउँमा
खलपात्र रहेकै छन् चाल्नउचाल्न ठाउँमा ।।२।।

दुर्योदनहरू खोज्छन् सत्तामाहातलाउन
उत्साहित बनेकै छन् कर्णको साथमाझन
कसरी चल्छ षड्यन्त्रपोख्त नै छन् उनीहरू
छेउछाउ सबैका छन् अनेकौँ शकुनीहरू ।।३।।

सत्तामापुग्नको लागि लडाइँ छ कदाचित
त्यस्तै यत्नहुँने गर्छ कुर्सी गर्न सुरक्षित
यसकालागि छन् सारा भारदार भने पनि
निस्वार्थ उभिने एक्लाभीष्म छैनन् कतै पनि ।।४।।

सत्ताले फाइदा दिन्छ नाम दाम र शक्ति नै
सत्ताले काइदा दिन्छ तारिफ र प्रसस्ति नै
भनेर अर्पने मिल्छन् जिन्दगीतक नै तर
सत्यमाउभिऊँभन्ने ऐले छैनन् युधिष्ठिर ।।५।।

मान्नु पर्दैन सत्ताले कुनै कानूनका कुरा
जान्नु पर्दैन सत्ताले नूनकागुनका कुरा
कुर्सीको रापले हुन्छन् अन्यायबहुतै यहाँ
अभिमन्यूहरू मर्छन् मारिन्छन् चक्रव्यूहमा ।।६।।

आँखा छोपी बसेका क्यै गान्धारी पनि छन् यहाँ
छोराछोरी स्वयं मार्ने क्यै गङ्गापनि छन् यहाँ
कुमारी रहँदै आमा छन् है कुन्तीहरू अरू
यत्रतत्र रहेकै छन् पीडामा द्रौपदीहरू ।।७।।

नेताका रागले घट्ने छाँटिने कति छन् कति
नेताले चाहँदा सोझै काटिने कति छन् कति
लक्षागृहहरू जस्तै इट्टाभट्टाहरू भए
उस्तै प्रभाव छाड्दैछ महाधारत काव्यले ।।८।।

आफन्त गण खोजेर पोस्न सिकाउँने पनि
विपक्षिगाउँमाआगो झोस्न सिकाउँने पनि
नराम्रापक्ष टपक्कै टिपेझैँ लाग्छ चल्छ त्यै
दुरूस्तै पात्र भेटिन्छन् महाभारत काव्यकै ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।