रिलायन्स कलेज मोडल युनाइटेड नेसन : २ मा १७ विद्यालयका विद्यार्थीहरु सहभागी

रिलायन्स कलेज मोडल युनाइटेड नेसन : २ मा १७ विद्यालयका विद्यार्थीहरु सहभागी

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १७।

रिलायन्स कलेज मोडल युनाइटेड नेसन : २ मा १७ विद्यालयका विद्यार्थीहरु सहभागी बनेका छन। मंसिर १६ ,१७ र १८ गते संचालन हुने सो  युनाइटेड नेसन : २ मा करिव २ सय जना कुटनैतिक प्रतिनिधिहरु सहभागी रहेका छन।

मंसिर १६ गते रिलायन्स कलेज सरस्वतीनगरमा उद्घाटन भएको सो सम्मेलन मंसिर १८ गते मिराकल पार्टी प्यालेस सुकेधारामा समापन हुनेछ।

कक्षा ८ देखि १२ सम्मका विद्याथीहरुको सहभागिता रहने सो मोडल युनाइटेड नेसन : २ को उद्घाटन शत्रमा पररास्ट्र विद तथा प्रधानमन्त्रीका पुर्व विदेस मामिला सल्लाहकार डा. दिनेश भट्टराई र संयुक्त राष्ट्र संघ UN House का Adrin Morrise  लगायत कलेज तथा विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

रिलायन्स साहित्यिक क्लवको सक्रियता र  UN House नेपालको साझेदारीमा दोश्रो वर्ष भैरहेको सो रिलायन्स कलेज मोडल युनाइटेड नेसन : २ विश्व सदभाव र भाइ चाराका लागि नियमित संचालन गरिएको कलेजका प्रिन्सिपल रविन्द्रजङ्ग थापाले जानकरी दिएका छन।

No description available.

तिन दिने उक्त कार्यक्रममा ७ समितिहरुले विभिन्न मुद्दा र विषयहरुमा छलफल गरेर निस्कर्ष निकालिने बताउदै थापाले नियमित पठन पाठन संगै अतिरिक्त क्रियाकलाप अन्तर्गत सो कार्यक्रम गरिएको जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।