काठमाण्डौ क्षेत्र नं ५ को समानुपातिक मतमा रास्ट्रीय स्वतन्त्र पार्टी पहिलो …..

काठमाण्डौ क्षेत्र नं ५ को समानुपातिक मतमा रास्ट्रीय स्वतन्त्र पार्टी पहिलो …..

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १७।

काठमाण्डौ क्षेत्र नं ५ को समानुपातिक मतमा रास्ट्रीय स्वतन्त्र पार्टी पहिलो बनेको छ।

मंसिर ४ गते भएको निर्वाचनमा समानुपातिक तर्फ काठमाण्डौ क्षेत्र नं ५ मा नेपाली कांग्रेस दोश्रो बनेको छ भने नेकपा एमाले तेश्रो दल रहेको छ।

त्यस्तै एउटा प्रदेस सभा क्षेत्र जितेको रास्ट्रीय प्रजातन्त्र पार्टी समानुपातिक तर्फ चौथो दल बनेको छ भने नेपाल मजदुर किसान पार्टी पाँचौ दल बन्न सफल बनेको छ।काठमाण्डौ क्षेत्र नं ५ मा नेकपा माओवादी केन्द्र  छैटौ दलमा खुम्चिएको छ भने नेकपा एस आठौ दल बनेको छ।

काठमाण्डौ क्षेत्र नं ५ मा रास्ट्रीय स्वतन्त्र पार्टीले ११,६४७ समानुपातिक मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १०,०४३ र नेकपा एमालेले ९,६५२ मत ल्याएको छ।

यसैगरी  रास्ट्रीय प्रजातन्त्र पार्टीले ७,२०१ ,नेपाल मजदुर किसान पार्टीले १,६१९ ,नेकपा माओवादी केन्द्रले १,२२४ र नेकपा एसले ६०६ मत प्राप्त गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।