बौद्धनाथ क्षेत्र बिकास समितीको सहयोगमा निर्मित सत्तल र ढुंगेधारा उद्घाटन

बौद्धनाथ  क्षेत्र बिकास समितीको सहयोगमा निर्मित सत्तल र ढुंगेधारा उद्घाटन

कपन अनलाइन

काठमाडौँ, मङ्सिर १८  । काठमाडौं महानगरपालिका वडा नं ६ मा मौलिकता झल्कने कलात्मक सत्तल  र ढुङ्गे धाराको उद्घाटन गरिएको छ ।  स्पोर्टश स्पेशल क्लब र समाजसेवी रबिन लामाको  पहल तथा  बौँद्धनाथ क्षेत्र बिकास समितीको सहयोगमा ज्येष्ठ नागरिक , बटुवालाई आराम गर्न र स्वच्छ पानी पिउनका लागि निर्मित मौलिकता झल्कने कलात्मक सत्तल र ढुङ्गे धाराको उद्घाटन गरिएको हो ।

 शनिबार एक कार्यक्रमका बीच बौँद्धनाथ क्षेत्र बिकास समितीका अध्यक्ष राजकुमार लामाले रिवन काटी नव निर्मित सत्तल र  ढुङ्गे धाराको उद्घाटन गरेका हुन ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९का वडा अध्यक्ष राजिव थापा काठमाडौं महानगरपालिका  वडा नं ६ का वडा सदस्य    नरेन्द्र थापा (भगवान) लगायत बौँद्धनाथ क्षेत्र बिकास समितीको सदस्य जानुका भण्डारी श्रेष्ठ बौँद्धनाथ क्षेत्र बिकास समितीका पदाधिकारी  स्पोर्टश स्पेशल क्लबका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।