एमाले फुटको संघारमा

१८ जेठ, काठमाडौ । तीन ठूला दलमा पार्टीभित्र आन्तरिक विवाद चुलिदो छ । तीन वटै पार्टीमा रहेको विवादले जुनसुकै बेला पनि पार्टी फुट्न सक्ने सम्भावना पनि रहेको छ । यस्तै फुटको पहिलो शिकार एमाले हुन लागेको बताइएको छ ।

बुधबार एमालेका पूर्वसभाषद् पासाङ शेर्पाले पार्टीबाट राजीनामा दिएपछी एमाले पार्टी फुटको लागि तयारी अवस्थामा पुगेको बताइएको छ । पासाङले राजीनामा दिएकै अवस्थामा अर्का नेता विजय सुब्बाले पनि आफू पार्टीमा रहन नसक्ने अभिव्यक्ति दिएका छन् । उनी पनि पार्टीबाट अलग्गिने सम्भावना बढेको एमाले निकट स्रोतले बताएको छ ।
संविधानसभाको मुख्य विवादित विषय संघियतामा एमाले पार्टीले आफूहरुको माग पूरा नगरेको भन्दै जनजाती, मधेषी सभाषद्हरूले पार्टीमा रहनुको कुनै औचित्य नरहेको बताउँदै आएका छन् । पार्टीका उपाध्यक्ष समेत रहेका अशोक राई पनि एमालेको उक्त निर्णयबाट असन्तुष्ट छन् ।
पार्टी फुट्ने प्रक्रियामा पासाङको राजीनामालाई पहिलो खुड्किलो मानिएको छ ।उनले पार्टी छाडेको केहीदिनपछी अन्य नेताले पनि पार्टी छाड्ने रणनीति आदिवासी जनजाति तथा मधेषी सभाषद्ले तय गरेका छन् । स्रोतका अनुसार उनीहरूले केहि समयको फरक पारेर राजीनामा दिँदै जाने र अन्त्यमा पार्टी उपाध्यक्ष राईले राजीनामा दिने र उनकै नेतृत्वमा नयाँ पार्टी खोल्ने छन् । राईले नेतृत्व गर्ने पार्टीमा अन्य दलका आदिवासी जनजाति तथा मधेषी सभाषद्लाई पनि ठाऊँ दिईने उनीहरूको सोच रहेको स्रोतले दावी गरेको छ ।
तपाइँको प्रतिक्रिया ।