काठमाण्डौ क्षेत्र नं ५ मा ७० हजार ९ सय १९ मतदाता,कसको पल्ला भारी ?
कपन अनलाइन
काठमाडौँ, कात्तिक ३०।
बुढानिलकण्ठ नगरपालिका
वडा नं ३ : २६८३
वडा नं ४ : ३२७८
वडा नं ५ : १९४२
वडा नं ६ : २६२१
वडा नं ७ : २३४५
जम्मा : १२८६९
टोखा नगरपालिका
वडा नं २ : ३५२८
वडा नं ३ :५१२०
वडा नं ४ : २४२६
वडा नं ५ :२६०२
वडा नं ६ : ३२९३
वडा नं ७ :३०३५
काठमाण्डौ महानगरपालिका
वडा नं २ : ५,५०७
वडा नं ३ : १०,४७९
वडा नं ४ : १५,८९२
वडा नं ५ : ६,१६८
क्षेत्र नं ५ मा को बलियो ?
२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ का १५ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ४८५० मतले अगाडी रहेको छ।
काठमाण्डौ क्षेत्र नं ५ का ११ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १९७०३ रहेको छ भने ३ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १४८५३ रहेको छ।
निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ५ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले १८२७ मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ११६८ र राप्रपाका उम्मेदवारहरुले २८२२ मत प्राप्त गरेका थिए।
२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ मा विजयी बनेका नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले २३०२९ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका डा. प्रकाश शरण महतले १३१६९ मत प्राप्त गरेका थिए।
पाँच दलीय गठबन्धनले काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा नेकपा एकीकृत समाजवादीको उम्मेदवार हुने सहमति गरेपनि नेपाली कांग्रेसले पनि सो क्षेत्रमा उम्मेद्वारी दर्ता गरेर प्रचार गरेपछि यस क्षेत्रमा गठबन्धनमा अन्यौल र असमझदारी बढेको छ।