जुनियर सिरिजमा भारतको दवदवा
कपन अनलाइन
काठमाडौं, पुस १४।
काठमाण्डौमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा भारतको दवदवा रह्यो ।
भारतिय खेलाडीहरुको दवदवा रहेको प्रतियोगिताको पाँच वटै विधाको सेमिफाईनलमा भारतिय खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको थियो ।
आज सम्पन्न सेमिफाइनल खेलको पुरुष एकल तर्फ भारतका अंश नेगीले भारतकै साइ प्रसाद तिगलालाई २४–२२, २९–२७ ले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरे । अव नेगीले भारतका सुर्यक्ष रावत संग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । रावतले बिश्वजित चौधरीलाई २४–२२, २१–१२ ले पराजित गरेका थिए ।
महिला एकल तर्फ पारु चौधरीले इशिता नेगीलाई २१–१८, २१–१३ ले पराजित गर्दै फाईनल प्रवेश गरिन् । पारुले अव उपाधीका लागि मेधावी नागर संग प्रतिस्पर्धा गर्नेछिन् । नागरले दिया भिमैयालाई २१–१२, २१–१८ ले पराजित गर्दै फाईनल यात्रा तय गरेकी हुन् ।
मिक्स युगल तर्फ गर्व शानी र इशिता नेगीको जोडीले सौरभ साहु र प्रगती परिदाको जोडीलाई २१–१९, २२–२० ले पराजित गर्दै उपाधी निकट पुगे । अर्को सेमिफाईनलमा भाब्य छावरा र आङ्गेल पुनिराको जोडी जित हात पा¥यो । उक्त जोडीले बिजोन जैसन र आन्या बिष्टको जोडीलाई २३–२५, २१–१५, २१–१९ ले पराजित गर्दै फाईनलमा शानी र नेगीको जोडी संगको भेट पक्का गरे ।
पुरुष युगल तर्फ भाब्य छाबरा र परम चौधरीको जोडी लाई पराजित गर्दै उपाधी निकट पुगे । उक्त जोडीले दभ्यांश रावत र योगांश सिंहको जोडीलाई २१–१२, २१–११ ले पराजित गरेका हुन् । अर्को खेलमा दिभ्यांस अग्रवाल र निरज केशरीको जोडीले जित हात पारे । उक्त जोडीले सी. लालरामसंग र सौरभ साहुको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सहभागी ९९ खेलाडी मध्ये भारतका ६०, नेपालका १६, थाईल्याण्डका १०, युएइका ४, इरानका ३, न्युजिल्याण्डका २ तथा मलेसिया, अष्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका १÷१ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।