विद्यार्थी परिषदको त्रिदिवसीय पत्रकारिता तालिम काठमाडौंमा शुरु

विद्यार्थी परिषदको  त्रिदिवसीय पत्रकारिता तालिम काठमाडौंमा शुरु

कपन अनलाइन 

काठमाडौँ, कात्तिक  २५ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम बिहिबार बाट  काठमाडौंमा प्रारम्भ गरेकाे छ । काठमाडौंकाे विभिन्न कलेजमा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सहभागी गराएर विद्यार्थी परिषद्ले विहिबारबाट काठमाडौंकाे सिंनामंलगमा त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम संचालन गरेकाे हाे ।

विहीबारबाट सञ्चालन भएको त्रिदिवसीय पत्रकारिता तालिमकाे उद्घाटन सत्रमा विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाईंले पत्रकारिता पढदै गरेका र गर्न चाँहाने विद्यार्थीहरूलाई व्यबहारिक रूपमा समाचार, स्थलगत रिपोर्टिङ , लेख रचनाहरू लेख्न सिकाउने र आगामी दिनमा उनिहरूलाई सीपयुक्त बनाउने उदेश्यका साथ यश तालिम आयाेजना गरेकाे र विद्यार्थी परिषद्ले यस्तै किसिमकाे तालिमहरू संचाल गर्दै विद्यार्थीहरूलाई सामाजिक र सीपसँग जाेडने काम गरेकाे बताएका थिए ।

तीन दिन सम्म संचालन हुने तालिमकाे पहिलो दिनकाे मुख्य प्रशिक्षक अर्जुन खड्काले सहभागी विद्यार्थीहरूलाई समाचार लेखन शैली , भाषाकाे प्रयाेगहरू, शब्दहरूकाे संयाेजन , कस्ता शब्द प्रयाेग गर्ने नगर्ने, कसरी गर्ने , समाचार छाेटाे र प्रष्ट बुझि कसरी बनाउने भन्ने विषयहरूमा केन्द्रित रहेर विद्यार्थीहरूलाई तालिम प्रदान गरेका थिए ।

कार्तिक २४, २५ र २६ गते सम्म संचालन हुने तालिममा विद्यार्थी परिषद्का पूर्व राष्ट्रिय सचिव एवम् नीति अनुसन्धान प्रतिष्ठान नेपालका कार्यलय प्रमुख सन्ताेष आचार्यले कार्यक्रम सफलताकाे शुभकामना दिएका थिए  भने विद्यार्थी परिषद् महानगर उपाध्यक्ष नारायण प्रसाद जाेसीले पत्रकारिताकाे विषयमा विद्यार्थीहरूलाई प्रष्ट पार्दै स्वागत मनतव्य व्यक्त गरेका थिए । विद्यार्थी परिषद् काठमाडौं महानगरका सह छात्र प्रमुख देविका तिमल्सिनाले संचालन गरेकाे तालिमकाे उद्घाटन सत्रमा विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाईं, महानगर सचिव जीवनकुमार जाेसी, विशिष्ट अतिथि एवम् मुख्य प्रशिक्षककाे रूपमा अर्जनु खड्का, नीति अनुसन्धान प्रतिष्ठान नेपालका कार्यालय प्रमुख सन्तोष आचार्य, परिषद्का केन्द्रीय कार्यालय प्रमुख निरन्जन साेती महानगर उपाध्यक्ष नारायण प्रसाद जाेसी लगायत विद्यार्थी परिषद्का कार्यकर्ताहरू विशेष उपस्थितिसँगै विभिन्न कलेजहरू आर आर, जनमैत्री, काेटेश्वर सरस्वती, पशुपती बहुमुखी, मंगल बहुमुखी कलेज, मदन भण्डारी मेमोरियल लगायत आधा दर्जन भन्दाबढी क्याम्पसहरूबाट ३१ जना भन्दाबढी विद्यार्थीहरूकाे तालिममा सहभागीता रहेकाे थियोे ।

साथै तालिममा अलग अलग विषयहरूमा अलग अलग प्रशिक्षकहरूकाे उपस्थिति रहने र तालिममा समाचार लेखन, फिचर समाचार लेखन, स्थलगत रिपोर्टिङ, अन्तर्वार्ता , लेख लेखन कला र शैली, फाेटाे र भिडियो सम्पादन जस्ता विषयहरूकाे बारेमा सिकाईने आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।