ओखलढुंगा क्षेत्र नं १ मा अम्बिरबाबु गुरुङ : “व्यवहारमा विन्दास तर कर्ममा कर्मठ”

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५।

ओखलढुंगा जिल्लाको भुगोलबाट निर्वाचन जितेर जिल्लाकै पहिलो कम्युनिस्ट मन्त्रि बनेका अम्बिरबाबु गुरुङ दोश्रो पटक चुनावी मैदानमा उत्रिएका छन।

ओखलढुंगा जिल्लाको एक नगरपालिका र तिन गाउँपालिका रहेको ओखलढुंगा प्रदेस क्षेत्र नं १ लाई जोड्ने चक्रपथको परिकल्पना गरेर केहि समय अगाडी दुर्गम भनिने जिल्लालाई सुगम बनाउने अभियान सुरु गरेका गुरुङ व्यवहारमा भने कडा र प्रस्ट वक्ता रहेका छन।

प्रदेस नं १ को भौतिक पूर्वाधार विकास मन्त्रि रहदा जिल्लामा अरबौको बजेट व्यवस्थापन गरेर पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याएका गुरुङले ओखलढुंगा प्रदेस क्षेत्र नं १ मा यातायात कार्यालय सहित विभिन्न कार्यालयहरु ल्याउन पहल गरेका थिए।

सडक पूर्वाधार विकास अन्तरगत सडक निर्माण र मोटरेवल पुल तर्फ २८ वटा योजनाका लागि ६ अर्ब ८० करोड ४ लाख ५० हजार र  झोलुङगे पुल तर्फ जिल्ला भरी १५ वटा योजनाका लागि १८ करोड बजेट व्यवस्थापन गरिएको ति जिल्ला सदस्यले जानकारी दिएका छन।

सहरी विकास तथा आवास तर्फ ६१ करोड १० लाख बजेटबाट जिल्लाका विभिन्न ठाउँमा एकिकृत बस्ति विकास तथा भवन निर्माण र ढल निर्माण र खानेपानी तथा सिंचाईका ४६ वटा योजनाका लागि ५३ करोड ५४ लाख बजेट व्यवस्थापनमा नेकपा एमाले प्रदेस नं १ कमिटीका सदस्य समेत रहेका गुरुङको भूमिका रहेको बताउदै नेकपा एमाले जिल्ला कमिटीका एक पदाधिकारीले   जनता आवास कार्यक्रम मार्फत निर्वाचन क्षेत्र नं. १ अन्र्तगत सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभन्ज्याङ्ग र खिजिदेम्बा गाउँपालिकामा १९१ वटा घरवार विहिन गरिब जनताका घर निर्माण भएको दावी गरेका छन।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर ठेक्का प्रकृयामा ५ वर्षको अवधिमा ८ अर्ब २३ करोड ७३ लाख ५० हजार बजेटको भौतिक पूर्वाधार निर्माणका काम निर्माणाधीन रहेको भन्दै ति पदाधिकारीले गुरुङको पहलमा  सरकार र विद्युत प्राधिकरणको समन्वयमा जिल्लामा विद्युतीकरणको लागि गुरुङको कार्यकालमा डेढ अर्व बजेट व्यवस्थापन भएको पनि दावी गरेका छन।

जिल्लामा यातायात कार्यालय स्थापना, मनमोहन विश्व विद्यालयको आंगिक क्याम्पस स्थापनाका लागि प्रकृया थालनी र एयरएम्बुलेन्स, अक्सिजन प्लान्ट स्थापना लगायतका कामहरु पुर्व मन्त्रि गुरुङको पहलमा भएको दावी गर्दै उनि निकट श्रोतले योजनाहरुको विवरण समेत उपलव्ध गराएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।