चिनारी साकोस गोकर्णेश्वर ४ ले शनिबार दौड प्रतियोगिता गर्दै

चिनारी साकोस गोकर्णेश्वर ४ ले शनिबार दौड प्रतियोगिता गर्दै

कपन अनलाइन

काठमाडौं, कात्तिक २५ । गोकर्णेश्वर नगरपालिका वडा नं ४मा संचालित चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।  चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको लागि Run For Health भन्ने मूल नाराको साथमा महिला तथा पुरुषहरुको दौड परतियोगिता आयोजना गर्न लागेको हो।

२०७९ साल कात्तिक २६ गते शनिबार बिहान ७ बजे   चिनारी साकोसको परिसर बाट  पुरुषहरुको लागि ६ किलोमिटर ( चिनारी  सहकारी परिसर बाट सुन्दरीजल हुदै सोहि बाटो भएर उत्तरबाहिनी बोर्डिंग स्कुल पुगी सम्पन्न हुनेछ भने महिलाहरुको लागि ४ किलोमिटर (चिनारी  सहकारी परिसर बाट बि.पि चोक हुदै सोहि बाटो भएर उत्तरबाहिनी बोर्डिंग स्कुल पुगी सम्पन्न हुने आयोजकले जानकारी गराएको छ प्रतियोगितामा प्रथम दितीय तृतीय हुनेलाई  नगद पुरस्कार क्रमश रु १० हजार, ५ हजार र ३ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने चौथो देखि दशौ स्थान सम्म लाइ मेडल र प्रमणपत्र वितरण गरिने संस्थाका कार्यकारी अधिकृत प्रेमलाल श्रेष्ठले कपन अनलाइन लाइ जानकारी गराए।

साथै  सहभागीहरुलाई टिसर्ट वितरण गरिने पनि जानकारी गराएका छन्। प्रतियोगितामा सहभागी हुन प्रति सदस्य   दर्ता शुल्क रु  ५ सय र बाल सदस्यहरुको लागि रु ३ सय रहेको पनि जानकारी गराएका छन। थप जानकारीको लागि ९८४३७०८७४१ मा सम्पर्क गर्न सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।