बुढानिलकण्ठ-११ मा गगन थापा र कुसुम कुमार कार्कीको घरदैलो

बुढानिलकण्ठ-११ मा गगन थापा र कुसुम कुमार कार्कीको घरदैलो

कपन अनलाइन
काठमाडौं, कार्तिक २०।

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा र नेकपा एसका केन्द्रीय सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ (२ ) का प्रदेस सभा सदस्य उम्मेदवार कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा घरदैलो गरेका छन।

कार्तिक २० गते बिहान प्रगति चोक क्षेत्रबाट सुरु भएको सो घरदैलो कार्यक्रम आज दिन भर बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा संचालन हुनेछ।

काठमाण्डौ क्षेत्र नं ४ मा गठबन्धन गरेर चुनावी मैदानमा आएका नेपाली कांग्रेस ,नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका प्रत्यक्ष तर्फ र समानुपातिक तर्फका उम्मेदवारहरुको सहभागितामा भएको सो घरदैलो कार्यक्रममा स्थानियहरुको न्यानो स्वागत र साथ प्राप्त भएको नेपाली कांग्रेस  वडा नं ११ इकाई समितिका एक पदाधिकारीले जानकारी दिएका छन।

सो अवसरमा नेपाली कांग्रेसका तर्फबाट बागमती प्रदेस सभामा समानुपातिक उम्मेदवार मिना पराजुली पनि सामेल रहेकी थिइन् ।

 

तपाइँको प्रतिक्रिया ।