बुढानिलकण्ठ-१० पाथीभरामा गठबंधनको भव्य भेला,सार्वजनिक विध्यालयमा राजनीतिक कार्यक्रम
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
बुढानिलकण्ठ नगरपालिका वडा-१० पाथीभरा बस्तीमा गठबंधनको भेला सम्पन्न भएको छ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारमा रहेका गठबंधनका उम्मेदवारहरुले वडा -१० मा राम्रो मतभार रहेको सो बस्तीका स्थानीयहरु संग अन्तरक्रिया गरेका थिए।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, नेकपा एसका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र ४ (२) का उम्मेदवार कुसुम कुमार कार्की,नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री तथा समानुपातिक उम्मेदवार राजु श्रेष्ठ , नेपाली कांग्रेसकी नेतृ तथा बागमती प्रदेसकी समानुपातिक उम्मेदवार मिना पराजुली , नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेस सभामा समानुपातिक उम्मेदवार राजेन्द्र श्रेष्ठ लगायतको सहभागीता भएको भेलामा बाक्लो शंख्यामा नेता , कार्यकर्ता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं क्षेत्र नं ४ का ८ वडा रहेको बुढानिलकण्ठ नगरपालिका वडा १० लाई निकै प्राथमिकतामा राखेको गठबंधनले यस अघि सो वडाका विभिन्न टोलहरुमा भेला सम्पन्न गरिसकेको छ।
बुढानिलकण्ठ -१० मा रहेको पाथीभरा आधारभुत विध्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा उम्मेदवारहरुले चुनावी मुद्दा र योजनाहरुको वारेमा आफ्नो धारणा राखेका थिए।