एउटा शैतानको कथा : सन्तोष कुमार पोखरेल (कविता )

एउटा शैतानको कथा : सन्तोष कुमार पोखरेल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ५ ।

एउटा मान्छे छ, अमान्छे जस्तो छ
मुखले ट्याँउ ट्याँउबोल्छ
त्यसैले मान्छे जस्तो छ
नत्रभनें उ मान्छे हुने थिएन,
उसले मान्छेका गुण जतिलिएन
अब हेरौं, उ कस्तो छ !
अरु पनि यस्ता प्रशस्तहोलान्, तर
उ जस्तो छ, दुरूस्त उ आफैं जस्तो छ
किनभने उजस्ता अरु पनि सस्तै होलान्
तर उ कम सस्तो जस्तो छ
उसैलाई थाहाहोला, उ केमा छ
बाँकीअरुहरूभन्दाअलग
दिउँसो छोपिने उसकाआँखा लाटोकोसेरोका पलक
अनिकालो रातमा हेर्दो दाउ
दुइनम्बरीको भाउ
बोलेको गर्दैन, अनि गरेको बोल्दैन,
आफू भित्रको अभीष्ट मरिगएखोल्दैन
धर्मका कुरा गर्छ, अनि गर्छ दर्शनका,
गीता पुराणका, तर सबै आफ्नैं भर्शनका
श्लोकहरू कण्ठ, व्यवहार भने उद्दण्ड
बुझीनसक्नुको जण्ड !
सुकुटे छ किनभने उसमा रीस छ
उ पिइरहेको हुन्छ–फाल्नुपर्ने जो वीष छ
डाह गर्छ, शायद त्यसैले सुकेको छ,
अर्ति दिन्छ पण्डित झैं
अभीष्ट अर्कै लुकेको छ
भन्ने गर्छ श्लोकहरू, छैन रे उसमाअहम्
अवश्यमेव भोक्तव्यम कृतम् कर्म शुभाशुभम्
(ब्रह्मवैवर्तपुराण १/४४/७४)
अरुको खेदो खन्ने पापको भुमरीमा पर्छ
मान्छेका नजÞरदेखि चार बित्तातल झर्छ
अब त्यो झ¥यो, निकै तलझ¥यो
त्यसको देहि उसकै सामु म¥यो
पापको भारी पक्कै बोक्छ यो जनम
परोपकार पुण्याय पापाय परपीडनम !
म आफैं किन लेख्दैछुं त्यो शैतानको कथा?
तर शैतानलाई पनि अमर बनाउनें
कविताको उदारता

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।