शान र मानको पर्व तिहार : त्रिलोचनआचार्य (कविता )

शान र मानको पर्व तिहार : त्रिलोचनआचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ५ ।

हतपत भाग्यो गर्मी चर्को, शरद दिनले शान सजाए
वरपर चम्की कुसुमहरूले, यौवनको रङ्ग मान सजाए
झलमल पाखाकलकलझर्ना, शान फिँजाई हेर उज्याला
झटपट वर्षा परपर लागे, भागे फटफट बादलकाला ।१।

खेतीबाली ढकमक बन्दा, सब हर्षित छन् कृषक अहिले
भित्रियो बाली घर घर सबकाभरिन्छ शानत यसरी कहिले ?
मान थपिँदा घाम र जूनको नभमा चमचम तारा नाँचे
बने दिनहरू पर्वहरूका शान बढायो रौनकताले ।२।

फूलहरुको शान बढेरै, मालागलामा सजिए चट्ट
खबर ल्याउने परपरका यी, कागको थपियो शान बिछट्ट
कुरुवा घरका कुकुरहरूको पुजागर्दै चुलियो शान
गाई बहुतै सज्जनपशु हो भन्दै थपियो उनको मान ।३।

मानधनकी देवीको राख्यौँ लक्ष्मीपूजा घर घर गर्दै
मान चेलीहरूले पाए, दीपावलीमा भैली खेल्दै
देउसीआज घरमा खेल्दा, साँझहरूको छायो महिमा
खुसीले भाइ टीका गर्दा, दिदीहरूको उच्च छ गरिमा ।४।

शानले छ यहाँ संस्कृतिउच्च, परिवार बीचको मेल पवित्र
चम्कियो मायाममताभारी खिचियो घरको सुन्दर चित्र
सम्मानमान सबको गर्दै आऊमनाऊँपर्व रसिलो
स्वच्छ प्रकृति यो उपहार चोखो नित्य सजाऊँ प्रेम कसिलो ।५।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।