काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा जयराम थापाको उम्मेदवारीले युवाहरुमा उत्साह ….

कपन अनलाइन
काठमाडौं,  कात्तिक ३।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा जयराम थापाको उम्मेदवारीले युवाहरु उत्साहित बनेका छन। नेकपा एमालेका तर्फबाट प्रदेस सभा सदस्यको उम्मेदवार बनेका थापाले आफ्नो चुनावी अभियानमा युवा तथा बुद्दिजीवीहरुको न्यानो स्वागत र साथ पाए संगै नेकपा एमाले पंक्ति उत्साहित बनेको छ।

बुढानिलकण्ठ -२ मा रहेको  गणेश मावि, चपली अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्षका रुपमा औपचारिक राजनीति सुरु गरेका थापाले  अनेरास्ववियु जिल्ला कमिटी हुँदै केन्द्रिय कमिटीमा रहेर जिम्मेवारी बहन गरेका थिए ।

वि. सं. २०५२ सालदेखि नेकपा एमालेको संगठित सदस्य रहेका  थापाले क्षेत्र नं. ४ मा बुद्धिजिवी कमिटीको ईन्चार्जदेखि नेकपा एमाले केन्द्रिय संस्कृति विभागको सदस्यका रुपमा राजनीतिक योगदान पुर्याएका थिए भने नेकपा एमाले निकट प्रगतिशिल कानुन व्यवसायी संगठन (पिपिएलए) पाटनको अध्यक्ष हुँदै केन्द्रिय कमिटी सदस्यका रुपमा पेशागत योगदान दिएका छन।

२०७१ देखि २०७५ सम्म बुढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्षका रुपमा धार्मिक, साँस्कृतिक, पर्यटकीय विकासमा सक्रिय रहेका थापाले  अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेर  भारतबाट अन्तर्राष्ट्रिय कुटनैतिक कानुनमा पिएचडी गरिरहेका छन् ।

लिभरपुल इन्टरनेशनल कलेजमा एक दशक भन्दा बढी कार्यकारी निर्देशकका रुपमा शैक्षिक विकासमा सक्रिय  थापा अहिले बुढानीलकण्ठ- २ मा रहेको गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष रहेका छन् ।

 

 

तपाइँको प्रतिक्रिया ।