काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मुरारी भण्डारी नेकपा एमाले प्रवेस ,गठबन्धनलाई झट्का

काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मुरारी भण्डारी नेकपा एमाले प्रवेस ,गठबन्धनलाई झट्का

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ३।

काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मुरारी भण्डारी नेकपा एमाले प्रवेस गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का भण्डारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेमा स्वागत गरेका थिए। नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटी सदस्य तथा सहकारी विभागका सचिव रहेका भण्डारी काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मानिन्छन ।

नेकपाकालिन अवस्थामा सिन्धुलीको फिक्कल गाउँपालिका कमिटी सचिव समेत रहेका भण्डारी शिक्षा र सहकारी क्षेत्रमा पनि सक्रिय रहदै आएका छन । पुस्पलाल मेमोरियल कलेज र प्रशान्ति एकेडेमीमा संचालक समेत रहेका भण्डारी विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध रहेका छन।

अध्यक्ष ओली निवास बालकोटमा भएको सो पार्टी प्रवेस कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल ,केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, नेतृ सिता ढकाल ,काठमाण्डौ क्षेत्र नं ४ निर्वाचन परिचालन कमिटीका सह संयोजक केदारराज पुडासैनी,सदस्य चित्र दाहाल, कुमार कसजु ,बुद्दिजीवी शम्भु अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।