नवौं राष्ट्रिय खेलकुद : ब्याडमिन्टन टिम ईभेन्टस्मा दुवै स्वर्ण सेनालाई

कपन अनलाइन

काठमाडौं असोज ३१ ।

नवौं राष्ट्रिय खेलकुद अन्तगत पोखरा ब्याडमिन्टन कभर्डहलमा भएको प्रतिस्पर्धाको पुरुष तथा महिला दुवै तर्फको स्वर्ण पदक नेपाली सेनाले प्राप्त गरेको छ । दुवै टिमले एपिएफलाइ पछि पार्दै स्वर्ण जितेका हुन् ।
पुरुष तर्फ वेष्ट अफ फाइभको खेलमा सेनाले एपिएफलाई ३–० ले तथा महिला तर्फ वेष्ट अफ फाईभको प्रतिस्पर्धामा २–० ले पराजित गरेका हुन् । पुरुष तर्फ नेपाल पुलिस र एनआरएनए संयुक्त तेश्रो भए भने महिला तर्फ सुदूरपश्चिम प्रदेश र प्रदेश १ संयुक्त तेश्रो भए ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रोको पुरुष र महिला डबल्समा आर्मीले स्वर्ण पदक जितेको छ ।
नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फको डबल्समा सेनाले प्रदेश नम्वर १ लाई २(० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।
अनिल जर्घा मगर, रोशन तामाङ र दिपेश जंग थापाले सेनालाई स्वर्ण दिलाएका हुन् । सो स्पर्धामा रजत पदक प्रदेश नं १ र कास्य पदक बागमती प्रदेशले जिते ।
यसैगरी महिला डबल्स तर्फ आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ ।
सेनाका लागि चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाएका हुन् । गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरे ।
सेपाकताक्रोमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिइरहेका छ्न् ।

तपाइँको प्रतिक्रिया ।