टेक्सास बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न, अध्यक्षमा मुरारी प्रसाद भण्डारी

टेक्सास बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न, अध्यक्षमा मुरारी प्रसाद भण्डारी

कपन अनलाइन

काठमाडौं असोज ३०।

टेक्सास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाले मुरारी प्रसाद भण्डारीको अध्यक्षतामा ९ सदस्यीय संचालक समिती तथा अनिल सिग्देलको संयोजकमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिती निर्बिरोध निर्वाचित भएको घोषणा घोषणा गरेको छ ।

राष्ट्रिय सहकारी महासंघ लेखा सुपरिवेक्षण समितीका संयोजक धर्मदत्त देबकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथीहरु बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा, बूनपा १० का वडाध्यक्ष नबराज भट्टराई, ११ का राजु अधिकारी र १२ का शम्भु भट्टराई रहेका थिए ।

त्यस्तै सो साधारण सभामा  शिक्षासेवी केदार राज पुडासैनी, चित्र कुमार दाहाल, शम्भु अधिकारी, समीर बास्तोला, भुपेन्द्र खत्री, राजेस्वर तिवारी तथा लाइफ भिजन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छबिरमण आचार्य राष्ट्रिय सहकारी बैंक चावहिलका प्रमुख जानुका नेपाल कलाकार सुर्यमणी आचार्य सुधा पहाडी लगायत अतिथि रहेका थिए  ।

संस्थाका अध्यक्ष मुरारी प्रसाद भण्डारीले संस्थाको आम्दानी खर्च तथा भावी कार्यक्रम प्रस्तुत गर्दै आगामी दिनमा सहकारीको मर्म भावना मुताबिक अगाडिको यात्रा तय गरिने जानकारी सहित प्रतिवेदन प्रस्तुत गरेका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुको नामावली :
अध्यक्ष : मुरारी प्रसाद भण्डारी
उपाध्यक्ष : राधिका दाहाल ढकाल
सचिब : कुमार श्रेष्ठ

सदस्यहरु
मुनिन्द्र प्रसाद दाहाल
रबिन पौडेल
सबिता कुइकेल
जयन्ती ओली
कमल भण्डारी

लेखा सुपरिवेक्षण समिती संयोजक
अनिल सिग्देल
रामहरी भण्डारी
लोकेन्द्र केसी

तपाइँको प्रतिक्रिया ।