काठमाण्डौ क्षेत्र नं ६ (१ ) : “टेस्टेड” हरिप्रभालाई युवा निरेसलालको चुनौती

काठमाण्डौ क्षेत्र नं ६ (१ ) : “टेस्टेड” हरिप्रभालाई युवा निरेसलालको चुनौती

कपन अनलाइन

काठमाडौं असोज ३१।

काठमाण्डौ क्षेत्र नं ६ (१ ) मा नेकपा एमालेका युवा नेता निरेस लाल सिंह महर्जन र  नेपाली कांग्रेसकी हरिप्रभा खड्गी चुनावी मैदानमा उत्रिएका छन।

काठमाण्डौ महानगरपालिकाकी निवर्तमान उपप्रमुख खड्गी र नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा प्रदेस क्षेत्र ६ (१ ) का संयोजक सिंह पहिलो पटक प्रदेस सभा निर्वाचनको मैदानमा आमने सामने भएका हुन्।

काठमाण्डौ महानगरपालिकामा उपप्रमुख हुँदा विभिन्न विवाद र मुद्दाहरुमा जोडिएर चर्चामा आएकी खडगीलाई युवा संघको प्रारम्भिक तहदेखि केन्द्रीय नेतृत्व सम्म पुगेका सिंहले कडा चुनौती दिने अनुमान गरिएको छ।

२०७४ सालको प्रदेस सभा निर्वाचनमा नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित विजयी बनेको यस निर्वाचन क्षेत्रमा  टोखा नगरपालिका २  वडा र काठमाण्डौ महानगरपालिकाका ३ वडा रहेका छन।

यस निर्वाचन क्षेत्रका ५ वडाहरु मध्ये नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले ३  वडामा विजयी प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवारहरु २ वटा वडामा विजयी बनेका छन ।

यस निर्वाचन क्षेत्रमा  नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ७३६२ मत प्राप्त गरेका छन भने नेकपा एमालेका  उम्मेदवारहरुले कुल ५६७४ मत प्राप्त गरेका छन। यस प्रदेस सभा क्षेत्रमा नेपाली कांग्रेस ७८८ मतले नेकपा एमाले  भन्दा अगाडी रहेको छ।

त्यस्तै यस क्षेत्रका  राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ६१८ मत प्राप्त गरेका छन  भने नेकपा एसले १२०    र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले १६२ मत प्राप्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।