कुसुम कुमार कार्कीले जनताको मत विक्री गरेका छन : जयराम थापा

कुसुम कुमार कार्कीले जनताको मत विक्री गरेका छन : जयराम थापा

कपन अनलाइन

काठमाण्डौ ,असोज १६ ।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य जयराम थापाले निवर्तमान प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले जनताको मतलाई विक्री गरेको आरोप लगाएका छन।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ विन्दवासिनी टोल कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै थापाले सुर्य चिन्हबाट पाएको मतला कार्ईकीले  अहिले गठबन्धनको मतियार बनेर बेचेको आरोप लगाएका हुन्।

मंगसिर ४ गतेको निर्वाचन देश बचाउने कि डुबाउने भन्ने कुराको निर्धारण गर्ने अवसर भएकोले त्यसलाई सदुपयोग गर्नुपर्ने धारणा राख्दै थापाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेको नेतृत्वमा भएका कामहरुलाई हेरेर मत दिनुपर्ने बताएका थिए।

कार्कीले  नेकपा एमालेका नेता ,कार्यकर्ता तथा मतदाताहरुको सम्मान र सदभावलाई अपामान गर्दै गठबन्धनको फेरो समाउन पुगेको भन्दै थापाले निर्वाचनको समयमा हुने विभिन्न प्रलोभन ,आश र त्रास संग सचेत बनेर नेकपा एमालेलाई जिताउन सक्रिय बन्नुपर्ने बताएका थिए।

तपाइँको प्रतिक्रिया ।