कपन क्षेत्रको सर्वसम्मत उम्मेदवार मै हो , मेरो दावी शशक्त छ : लक्ष्मी प्रसाद संग्रौला
कपन अनलाइन
काठमाण्डौ ,असोज १६ ।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सदस्य लक्ष्मी प्रसाद संग्रौलाले मंगसिर ४ गते हुने प्रदेस सभाको निर्वाचनमा आफु कपन क्षेत्रको सर्वसम्मत उम्मेदवार रहको बताएका छन।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको इन्चार्ज समेत रहेका संग्रौलाले कपन क्षेत्रबाट प्रदेस सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका नेताहरुले आफुलाई समर्थन गरेको दावी गर्दै मतभारमा निर्णायक रहेको कपन क्षेत्रबाट आफ्नो शशक्त दावी हुने बताएका छन।
काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा आफुले जित्ने विभिन्न १० आधारहरुलाई प्रस्तुत गर्दै आन्तरिक छलफल र परामर्शमा रहेका उनले आफ्नो दावी पहिलो र अन्तिम पटक रहेकाले नेताहरुले सहयोग गर्ने विस्वास व्यक्त गरेका छन ।
काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं १ ,२ ,८ ,९ ,१० ,११ ,१२ र १३ मा वडा अध्यक्ष सहित नेकपा एमालेका २८ जना जनप्रतिनिधि विजयी बनेका थिए।
कुल ४० जना जनप्रतिनिधि मध्ये २८ जना निर्वाचित भएका नेकपा एमालेका ८ वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत ११,४१५ रहेको छ। त्यस्तै २०७४ सालको निर्वाचनमा रहेको सुन्य शंख्यामा सुधार गरेर १२ जना जनप्रतिनिधि निर्वाचित गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार हरुले ८,६८० मत प्राप्त गरेका थिए।
काठमाण्डौ क्षेत्र नं ४ (२) का सबै वडाको अध्यक्ष जितेको नेकपा एमाले र नेपाली कांग्रेसका वडा अध्यक्षहरुले पाप्त गरेको मतमा नेकपा एमालेले २,७३५ मत बढी प्राप्त गरेको छ।
निर्वाचन आयोगको वडा अध्यक्ष पदको मत परिणाम अनुसार यस प्रदेस क्षेत्रमा नेकपा एसले १,११४ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ५८० मत प्राप्त गरेको छ।