“पुरानो साम्राज्यका नयाँ सम्राटहरु”
कपन अनलाइन
काठमाडौँ, असोज १४ /अमर प्रकाश तिवारी “आजकाल निकै भीड लाग्ने गर्छ, मेला जस्तै, जुत्ता चप्पल अनगिन्ति बाहिर हुन्छन । देशकै जिम्बेवारी बोकेकाहरु गुन गुन गर्छन र उनका पछि लाग्ने धुपौरेहरु गीत गाउछन । धेरै जसो भागबन्डा लगायाकै हुन्छ सबै आफ्नै भागमा पार्छन अनि उता प्रतिशत नमिलेको पनि गुनासो आउछ । आजकाल प्राय सधै यस्तै भव्य सम्मेलन हुन्छ, भागबण्डामा किच किच हुन्छ, अनिर्णय हुन्छ र फेरी प्रक्रिया दोहोरिन्छ । आफ्ना नजिक साझेदार, मित्र र साच्चिकै नजिक सम्झेकाहरुलाई विशेष जिम्मा दिइन्छ । एउटा गाउ या भनु एक सानो साम्राज्य जिम्मा लगाउने । त्यसरी हुने भेलामा सबै जना उत्सुकताका सभागी हुन्छन, आसा गर्छन पाउने दङ्ग हुन्छ नपाउने हिस्स ।
सधै त्यस्तै, यस्तै । एकान्त र भव्य समारोहमा कतै कसैबाट अन्यौलताको आभास हुने संकेतहरू प्रस्फुटन हुँदै गरेको थियो । त्यो एक किसिमको अनौठो सन्त्रस जस्तो महसुस पनि गराएको थियो। र ती सन्त्रास र अन्यौल सङ्केतका कौतुहल स्वतः स्फूर्त रूपमा दबाएको पनि प्रष्ट बुझिन्थ्यो । सारै अन्यौल रहेछ वास्तविकता के हो र किन यहाँ? एक जना साठीऔँ दसकका पाका उमेरकाले प्रश्न तेर्स्याउँछन् । त्यही बीच बाट बलियो देखिने युवा भन्छ “बा” अब वचन दिनु पर्यो, आज बाट बा पनि यतापट्टि, बचन दिनुस अब हाम्रो पक्षमा रहनु हुनेछ । अन्यौल ती पाका विद्रोह परिपाटीमा भन्छन्, बिना जानकारी परिबन्धाक कुटिल परिस्थिति सिर्जना गरी यसरी लिएर आएर वचन बद्ध गराउने परिपाटी “अपहरण” भन्दा कम छैन् ।
अझै प्रष्ट कुरो नबुझेपछि फेरि एक अर्का जवानले दबाब स्वरुप भन्छ “यो पक्ष, र विपक्ष को कुरो हो” र? हामी सबै त्यही एउटै ठूलोका छात्र छाया होइनौ र, त्यो रूखको फल कसैले खाए, कोही खाँदैछन् र कोही खाने तरखर गर्दै छन्, होइन र ?? सबै झसङ्ग भएर नवजवान युवालाई घुर्छन । अलि मोटो देखिने युवा झोक्किदै भन्छ के को एउटै हुने, हामी अलि फरक छौ ल ? बोलि अलि रुखो र झोकिलो थियो नै । सन्दर्भ फेरि उही माहोल को । बाक्लो उपस्थती त थियो नै, त्यस भन्दा बहाएक एक आपसमा सशंकित संवाद पनि देखिएको थियो । कुरो गर्दा पनि कतिपय लुकाएका थिए भने कतिपय डराएका थिए ।
चारै तिर बलिया बंगा देखिने ठुलै पाखुरा वालाले धेरेको कुनै हिन्दि फ्लिमको गुन्डाका जस्ता सैली को जस्तो दृश्य, त्यहाँ उपस्थित सम्पूर्णलाई कथा/कहानीमा खजाना खोज्न समुन्द्रको फेदमा पुगेका जस्तो भान भएको थियो । रमाइलो त भव्य नै थियो, साथीभाइ चिनजानका धेरै आफन्त नजिकै नै थिए, सबै परिचित तर अफसोच सबै सशंकित अनि असहज वातावरण । त्यस्तै चुनिएको स्थान भने भयानक र गोप्य गुफा जस्तै, कतिपयले त यो एक किसिमको त्यति बेला भण्डारखाल र कोत पर्व को जस्तै जामघट सँग तुलना गर्ने समेत भ्याए । झमक्क साझ पनि पर्दै थियो, विदेशी रक्सी, वाइन र बियरका बोत्तल खोलिएका थिए ।
जती साँझ पर्दै गयो त्यति रौनक बढ्दै गयो। बारबिर्क्यु (खानेकुरा पोल्ने) को धुवाँ वरि परि मडारिन थालेको छ । अचानक आवाज आयो अब ढिलो नगरी कार्यक्रम सुरु गरु । माइक बाट निक्लेको आवाजले सबैको ध्यान खिच्यो । उपस्थितहरुलाई एकठाउँमा जम्मा हुन अनुरोध गरिएको थियो । सँगै खोलिएका, ठोकिएको बोत्तलको टिङ… टाङ… आवाज र बोत्तल खोलेर भर्न लागेको गिलासको तर…तरररर, सुन्दै अनि मडारिएको धुवाँ सुग्दै सबै जना त्यही जम्मा भए । कतिपय ले त घुटु घुटु थुक निल्दै पनि गरेको पाइयो । गोधुली साझ, जमघट, हल्का, बोत्तल को आवाज, मन्त्र मुग्न सुमधुर संगीत, बारबिर्क्यु को धुवाँ र सबै मस्त, अहा कति रमाइलो वातावरण । अनि सबै एकै किसिमको सशंकित पनि ।
फेरि आवाज आयो, साथीहरु सबैले वचनबद्ध गर्नु होला कि हाम्रो यो अभियानमा सहयोग गर्नु हुनेछ, साथीहरु कसम खानु होला हामी एक छौ, साथीहरु आजबाट हाम्रो आस्थाको मियो ढालियो, आज बाट हामी अर्कै राजा चुन्छौं । हामी मध्य बाट कसैलाई प्रान्तीय र कसैलाई स्थानीय राजा घोषणा गर्छौ । यो अर्कै साम्राज्यमा तपसिलका सम्राट घोषणा गरेका छौं। हाम्रो अधिराज्य नयाँ ढंगले चल्छ । हामी हाम्रो रीति रिवाज परिवर्तन गर्छौ, हामी परम्परा रुढीवादी अन्त्य गर्छौ, हाम्रा बाउ, बाजे मान्दैनौं । हामी आफै गुरु हौ, र ती कथित गुरुहरुलाई हामी डाँडा कटाउँछौं । हामीले जे गर्दै आएका छौ त्यो ढोगी परम्परा हो, तसर्थ आगाडि गीता किताब छ, कसम खाएर वचन बद्ध हुनु होला, आज देखि हामी यता पट्टी लाग्यौं । संभावित सम्राट, राजाहरु जो घोषित भए ती सबै दंग भए र उपस्थित अधिकांश खिस्स परे । अनि ताती तरर…रर ।
( लेखक कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ निवासी हुन। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन भने उनि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन। )