प्रगतिशील युवा क्लव चम्पादेवी-९ ,पात्लेको आयोजनामा भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने

कपन अनलाइन

काठमाण्डौ ,असोज १४।

प्रगतिशील युवा क्लव ,चम्पादेवी गाउँपालिका वडा नं ९ ,पात्लेको आयोजनामा वडा स्तरीय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम  हुने भएको छ।

विजया दशमी ,दिपावली ,छठ लगायतका पर्वहरुको अवसरमा असोज १६ गते देखि १८ गते सम्म हुने सो कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता तथा विविध सांस्कृतिक प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिएको छ।

तिन दिन चल्ने सो कार्यक्रममा    वडा स्तरिय भलिबल प्रतियाेगिता(साबिक बिलन्दु गाबिस स्तरीय ) ,स्लाे बाईक ड्राईभिङ ,छेलाे हान्ने , भाले झुन्ड्याउने प्रतियोगिता सहित एकल नृत्य लगायतका गतिविधिहरु संचालन हुनेछन।

 

तपाइँको प्रतिक्रिया ।