गोकर्णेश्वरको प्राचीन “पंचमुखी हनुमान गुफा” मा निर्वतमान प्रदेस सभा सदस्य रामेश्वर फुयाँल

गोकर्णेश्वरको प्राचीन “पंचमुखी हनुमान गुफा” मा निर्वतमान प्रदेस सभा सदस्य रामेश्वर फुयाँल

कपन अनलाइन

काठमाण्ड ,असोज १३।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काठमाण्डौ क्षेत्र नं ३ (२ ) का निवर्तमान प्रदेस सभा सदस्य रामेश्वर फुँयालले गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तर बाहिनीमा रहेको “पंचमुखी हनुमान गुफा” को अवलोकन गरेका छन।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ लोकतान्त्रिक पार्कमा १९३२ किलोको कागको कीर्तिमानी प्रतिमा स्थापना गरेर कागेश्वरी धाम क्षेत्रको पर्यटन प्रवर्धनमा सक्रिय रहेका फुँयालले गुफाको अवलोकन पश्चात पुरातत्व विभाग संगको सहकार्यमा सो गुफाको पहिचान र प्रवर्धनको योजना बनाउने बताएका थिए।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महत र निवर्तमान अध्यक्ष श्री कुमार श्रेष्ठ सहित “पंचमुखी हनुमान गुफा” अवलोकनमा पुगेका पुर्व प्रदेस सभा सदस्य फुँयालले शिवपुरी पर्वत शृंखलाका चट्टानहरुको उपयोग गर्दै पर्यटन विकासका लागि रक गार्डेन निर्माणको अभियान पनि संचालन गर्दै आएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।