चुनावी प्रचारमा कुसुम कुमार कार्की : काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेको को ?

कपन अनलाइन
काठमाडौं,  असोज ९।

नेकपा एकीकृत सामाजवादीका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्लाका संस्थापक अध्यक्ष कुसुम कुमार कार्की चुनावी प्रचारका गतिविधिमा सक्रिय बनेका छन।

केहि दिन अगाडी क्षेत्र नं ४ (२ ) मा बसोवास गर्ने नेकपा एस निकट संचारकर्मीहरु संग छलफल गरेका कार्की असोज ८ गते सनिवार पार्टी प्रशिक्षणमा सहभागी बनेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कार्की इभेन्ट्समा भएको प्रशिक्षणमा नेकपा एसका उपमहासचिव डा. विजय पौडेल लगायतका नेताहरुले शैदान्तिक र निर्वाचन केन्द्रीत विषयहरुमा प्रशिक्षण दिएको एक सहभागीले जानकारी दिएका छन।

नेपाली कांग्रेसले काठमाण्डौ क्षेत्र नं ४ (२ ) को मैदान छोडेपछि सम्भावित गठबन्धनको उम्मेदवार बन्ने तयारीमा रहेका कार्कीले नेकपा एमालेका को संग प्रतिस्पर्धा गर्दैछन त्यो भने हालसम्म रहस्य नै रहेको छ।

काठमाण्डौ जिल्लाका २० प्रदेस निर्वाचन क्षेत्र मध्ये नेकपा एमालेको मजबुद जनमत भएको प्रदेस सभा क्षेत्रमा नेकपा एमालेबाट सिफारिस भएका मध्ये कसले अवसर पाउला ? भन्ने प्रश्न अहिले सर्वाधिक चासोको विषय बनेको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कम्फर्टटेवल भएका कुसुम कार्कीले गठबन्धनको प्रस्ट संकेत दिएपछी नेकपा एमाले बाट सर्वसम्मत सिफारिस भएका नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले पनि सम्भावित उम्मेदवारका वारेमा गम्भीर परामर्श र छलफललाई निकै तीव्रता दिएका छन।

उद्दव प्रसाद खरेल,विदुर विक्रम खड्का,लक्ष्मी संग्रौला,राजन पोखरेल ,जयराम थापा, दुर्गा थापा,मधु अधिकारी,गोविन्द कटवाल,श्रीकृष्ण श्रेष्ठ ,जगत प्रसाद निरौला मध्येबाट चौथो पटक जनप्रतिनिधि बन्ने तयारीमा रहेको गगन-कुसुमको जोडीलाई टक्कर दिने उम्मेदवार नेकपा एमालेले छान्नेछ।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) का ८ वटै वडाका अध्यक्ष पदमा जितेको नेकपा एमालेबाट उम्मेदवार फाइनल भएपछी काठमाण्डौ क्षेत्र नं ४ (२ )  मा  कार्की र उनकै पुर्व सहयात्री (? ) विचको प्रतिस्पर्धा निकै रोचक बन्ने अनुमान गरिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।